Latest Updates :

मुम्बईमा बेचिएकी नेपाली चेलीको दर्दनाक कथा

SHARE THIS POST :
चेलिबेटी बेचविखनको विषयवस्तुमा आधारित गीत ‘छानो हाल्ने सपनी….’ मा को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका चन्दा देवानको स्वर रहेको यो गीतलाई शंकर थापा स्माइलले संगीत दिएका छन् ।

म्युजिक भिडियोमा नायिका ऋचा शर्मा र रयापर गिरिश खतिवडाले मुख्य भूमिकामा अभिनय गरेका छन् । भिडियोमा अतिथि भूमिकामा सिएनएन हिरो तथा चेलिबेटी बेचविखनविरुद्धको अभियानमा सक्रिय अधिकारकर्मी माइती नेपालकी अनुराधा कोइरालाले अभिनय गरेकी छन् ।

सञ्चारकर्मी विदुर खतिवडाको निर्देशन रहेको यो भिडियोमा सुरेन्द्र केसी मुलासाग, पल्पसा डंगोल, जेनी कुँवर, गोमा केसी, सुजन रेग्मी लगायतको समेत अभिनय छ ।

विदुर पाण्डेको छायाकंन रहेको गीतको शब्द तुलसी बस्नेतले लेखेका हुन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger