सही आहार बिहारले मात्र शरीर स्वस्थ रहन्छ स्वस्थ रहन स्वादिष्ट र स्वस्थकर खाना मात्र नभई खाने तरीकाले पनि प्रभाव पर्दछ । स्वस्थ रहन त खाद्यपदार्थ शरीरले पचाउन सक्नुपर्छ र त्यसबाट पर्याप्त पोषण तत्व ग्रहण गर्नुपर्दछ । त्यसका लागि खानापछि गर्ने गतिविधिले पनि ठूलो भूमिका निर्वाह गर्छ । हामी खानापछि जानीनजानी थुप्रै गल्ती गरिरहेका हुन्छौँ । पोषणविद् डा। अमिता सिंहको भनाईमा खानापछि तत्काल गर्न नहुने पाँच गल्तीबारे यस्तो बताउँछिन् –
धूम्रपान
धेरैको खानापछि धूम्रपान गर्ने बानी हुन्छ । यसो गर्नु स्वास्थ्यका लागि खतरनाक मानिन्छ । खानालगत्तै धूम्रपान गर्दा क्यान्सर र हर्ट डिजिजको सम्भावना दुई गुणा बढ्छ ।
चिया पिउनु
खाना खाएपछि लगत्तै चिया पनि पिउनु हुँदैन । खाना खाएलगत्तै चिया पिउँदा त्यसमा भएको एसिडिकले शरीरमा एसिडिटीको समस्या बढाउँछ । खाना खाएको एक घन्टापछि भने चिया वा कफी पिउन सकिन्छ ।
दाँत ब्रस
धेरैले खानापछि दाँत ब्रस गर्नुपर्छ भन्ने सल्लाह दिन्छन् । तर, स्वास्थ्यका लागि यस्तो सल्लाह व्यावहारिक मानिदैन । खानालगत्तै ब्रस गर्दा दाँतको पत्र उक्किने समस्या हुन्छ र दाँतमा ब्याक्टेरियाको खतरा पनि बढ्दै जान्छ । खाना खाएको कम्तीमा आधा घन्टापछि मात्र ब्रस गर्नुपर्छ ।
नुहाउनु
खाना खाएलगत्तै नुहाउनु पनि हुँदैन । खाना खाएको आधा घन्टाभित्र नुहाउनाले पाचन प्रक्रियालाई ढिलो गराउँछ । खाना अपच हुन थालेपछि एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ ।
फलफूलको प्रयोग
खाना खाएपछि फलफूल खाने संस्कार पनि छ । तर, शरीरका लागि भने यस्तो गतिविधिले हानि पुर्याउँछ । खाना खाएको एक घन्टाभित्र फलफूल खानाले एसिडिटी र अपच हुन सक्छ । ओभर डाइटिङ भएर मोटोपनको समस्या पनि सिर्जना हुन थाल्छ ।