Latest Updates :

होसियार ! तपाइको मृगौला भित्र पनि यस्तै होला ! शेयर गरि सबैलाई जानकारी दिनुहोस

SHARE THIS POST :
किड्नी बिग्रिनुमा तपाईको लापरवाही, यस्तो बानी छ भने अब बेलैमा त्यागौ।जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।जुन यस प्रकार छन्

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।

२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

७ . सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)-नपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या देखियो ।

अनुहारसमेत सुिनन थालेपछि बल्ल उनी उपचार गर्न गए । सामान्य जाँचपछि नै चिकित्सकले उनको मृगौला फेल भएको हुनसक्ने अड्कल काटे । थप परीक्षणपछि परिणाम पनि त्यस्तै आयो ।उनलाई चिकित्सकले काठमाडौं शिक्षण अस्पताल रिफर गरे । अहिले महतोले हप्तामा दुई पटक डाइलसिस गराइरहेका छन् ।

३२ वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिए पनि चिकित्सकले उच्च रक्तचापका कारण उनको मृगौला फेल भएको बताएका छन्।

कसरी गर्ने मृगौलाको हेरचाह ?-चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ।

प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।

आयुर्वेदिक जडीबुटीको जथाभावी प्रयोग-चिकित्सकहरूका अनुसार धेरै जडीबुटी तथा आयुर्वेदिक औषधिको प्रयोगले पनि मृगौला फेल गराएका उदाहरण प्रसस्त छन् । आयुर्वेदिक औषधिले कुनै प्रतिअसर गर्दैन भन्ने कुरा भ्रमपूर्ण रहेको चिकित्सकहरू दाबी गर्छन् ।

कतिपय आयुर्वेदिक औषधिकै कारण मृगौला फेल हुने गरेको अनुसन्धानले देखाएको छ । यी बाहेक, ‘क्याडवियम’, मर्करी, ‘लेड’जस्ता गह्रुँगा धातुले पनि मृगौला फेल गराउन सक्छन् ।

मृगौला फेल हुने कारण– वंशाणुगत– मधुमेह– उच्च रक्तचाप– पिसाब सम्बन्धी समस्या– पाठेघर खस्नु– मृगौलामा पत्थरी, ट्युमर– प्रोस्टेटको आकारमा बृद्धि– जन्मजात पिसाब नलीमा खराबी– रगतमा दूषित पदार्थको प्रवाह– लामो समय पेनकिलरको प्रयोग– शरीरमा पानीको कमी ।

मृगौला फेलका लक्षणहरू– शरीर दुब्लाउँदै जाने– शरीरका विभिन्न अङ्ग सुन्निने– पिसाब कम हुने र पोल्ने– पिसाबमा रगत देखिने– क्षणक्षणमा पिसाब भइरहने– थोरै हिँड्दा पनि थकाइ लाग्ने– सास फेर्न गाह्रो हुने– कोखा दुख्ने, ज्वरो आउने

– खानामा रुचि घट्ने– पिँडौलाको मासु फर्किने– वाकवाकी लाग्ने– छाला सुख्खा हुने र चिलाउने– उच्च रक्तचाप हुने– रगतको मात्रा कम हुँदै जाने– महिनावारी समयमा नहुने– यौन रुचि घट्दै जाने– प्रजनन दरमा कमी आउने– ढाड र कम्मर दुख्ने

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger