Latest Updates :

त्यो केटीसँग लभ गर्नु मेरो गल्ती हो ?गोरेबाट मारिनुअघि सनम…..!

SHARE THIS POST :

काठमाडौँः साढे ३३ सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती‘ ‘गारे’ पक्राउ परेका छन् । नाटकीय ढंगबाट पक्राउ परेका गोरेको पृष्ठभूमि हेर्दा कुनै सस्पेन्स थ्रीलर फिल्मको भिलेन भन्दा कम देखिँदैनन् ।

गोरेले त्रिभुवन विमास्थलबाट छिराएको भनिएको साढे ३३ किलो सुन कहाँ छ अझै पत्ता लागेको छैन । विमानस्थलबाट अनामनगरसम्म सुटकेसमा पुगेको सुन त्यहीँबाट हराएपछि मोरङको उर्लाबारी–७ ‘गारे’ ले आफ्नै सहयोगी सनम शाक्यको करेन्ट लगाएर जंगलमा निर्मम हत्या गरेका थिए ।

सार्वजनिक भएको भिडियोमा गोरेले जंगलमा लगेर चरम यातना दिई सनमको हत्या भएको सार्वजनिक भएको छ । २०४० सालेदेखि नै भइरहेको सुन तस्करीका मुख्य अभियुक्त गोरेले साढे ३३ किलो सुन खोज्ने क्रममा सहयोगीहरुलाई जंगलमा करेन्ट लगाएर चरम यातना खुलिसकेको छ ।

गोरेले वनभोजको निहुँमा जंगलमा लगेर सहयोगीहरु सनमका साथै मोहन काफ्ले र रुस्तम भनिने उस्ताम मियाँ उत्तम मियाँलाई पनि उनले चरम यातना दिएका थिए । २०७४ साल १७ र १८ फागुनमा उर्लाबारी–१ कान्छी चोक पश्चिम सोल्टी खोला किनारमा रहेको प्रगतिशिल सामुदायिक वनमा पिकिनिकको निहुँमा गोरेले सहयोगीलाई लिएर गएका थिए ।

साढे ३३ किलो सुन लुकाएको भन्दै गोरेले सनम शाक्य, मोहन काफ्ले र रुस्तमलाई करेन्ट लगाएर यातना दिए । त्यही यातनाका कारण सनमको ज्यानै गयो । फागुन १८ गते उर्लाबारीमा हत्या भएका सनमको शव भने १९ गते बिराटनगर महानगरपालिका–३ पोखरीयामा स्कारपियो जीपमा फेला पर्यो ।

उता महानगरीय प्रहरी अपराध महाशाखाकाका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले सिरहाको लहानमा शाक्यको हत्या भएको भन्लदै सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।

तर पछि गोरेका सहयोगी नरेन्द्र कार्की र मोहन काफ्ले लगायतले सुन खोज्ने क्रममा उर्लाबारीको जंगलमा करेन्ट लगाएर शाक्यको हत्या भएको बयान दिएका छन् ।

गोरेले साढे ३३ सुन खोज्ने क्रममा जंगलमा लगेर सहयोगीहरु यातना दिँदै परेको भिडियो पनि सार्वजनिक भएको छ । यो भिडियो देखाउँदा प्रतिवादी वकिलले अदालतमा प्रसारण नगर्न अवरोध पुर्याएका थिए ।

जंगलमा करेन्ट लगाएर चरम यातना दिने क्रममा गरेको सबाल जबाफ

गोरेः अब केही भन्नु छ रु

सनमः के भन्नु र, गल्ती भएको भए पो भयो भन्नु, नगरेको गल्ती पनि रु राम्रो काम गर्दा सबै राम्रो केही भएन्, आज आएर त्यो केटीसँग लभ गर्नु मेरो गल्ती छ रु अरु मैले के गरेँ र रु भन त

गोरेः ओके सुन सुन, म तिमीहरुलाई पैसा लिएर जाओ भन्ने मान्छे हो । नाइनास्ती थियो रु यस्लाई आफैँ दिन्थेँ, तिमीहरुको गल्ती छ मिलोमतो छ, गल्ती छ यो स्वीकार । सनमलाई करेन्ट लगाउदै गोरेः भन भन

सनमः होइन के मैले, नग न, नगर, राम्रो काम गर्दा पनि देख्दैन यार ।

करेन्ट लगाउँदै बेला बेला फकाउँदै

गोरेः हिसाब किताव गर्ने हो, मानेलाई जति कमाउँछु यसलाई दिन्छु तिमीलाई हेरि नै रहेको थिएँ । दमकमा अफिस राखिदिए, यसलाई भार भयो भनेर एकाउन्टेन्ट पनि राखिदिएको थियो, एक लाख दिएर ६ लाख तिरेर ल्याएर आएको ,काम के हिसाब किताब गर्ने रु यातना दिँदै गर्दा गोली पट्के जस्तो आवाज आउँछ अनि गोरेः हान्यो होला फाइरिङ इदर उदर

त्यहीँ रहेको अर्को सहयोगीः यस्तो कुरा किन भन्नु भएन त रु

गोरेः मलाई त यिनीहरुदेखि यति रिस उठ्छ की, तँ मेरो को सबै भन्दा मिल्ने साथी होइन रु

सनमले साढे ३३ किलो सुन लुकाएको आरोपमा यातना दिएको भिडियो स्पष्ट देखिन्छ । सनम हत्यापछि सुन तस्करी सञ्जालबारेमा धेरै कुरा बाहिर आएको हो । गृहमन्त्रालयले सुनकाण्डको यथार्थ छानविन गर्न ईश्वरी पौडेलको संयोजकत्व विशेष छानविन समिति गठन गरेको छ ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्।

उक्त घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० श्याम खत्री भने फरार रहेको अधिकारीहरुले जनाएका छन्।

अर्बौँको बिगो

मोरङ अदालतमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका ८ प्रहरीसहित ३० जनाविरुद्ध मोरङ जिल्ला अदालतमा २७ बैशाखदेखि थुनछेक बहस सकिएपछि मंगलबार २८ जनालार्इ पुर्पक्षका लागि थुनामा पठाइएको छ । बाँकी दुर्इजना तारेखमा रिहा भएका छन् ।

झापाको दमकबाट ३१ वैशाखमा सुनका हुण्डी कारोबारीहरु विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठ पनि पक्राउ परेका छन् । जेठ ८ गते सुन तस्करी हत्याका मुख्य नाइके गोरे पनि पक्राउ परेका छन् ।

तर साढे ३३ किली सुन कहाँ छ त त्यो अझै रहस्यमा छ । गोरे पक्राउ परिसकेपछि ६३ जनाको संलग्नता देखिएको छ । गोरे पक्राउपछि सुन तस्करी थप जालो बाहिर आउने अवस्था छ । अब यो काण्डमा थप अरु को को तानिन्छन्, छानबिन समितिले थप तथ्य बाहिर ल्याउने विश्वास गरिएको छ ।(श्रोत स्अन्नपूर्ण पोष्टबाट

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger