Latest Updates :

अत्याधुनिक हतियार बोकेर स्कुल छिरेका युवकले गरे १० बिद्यार्थीको विभत्स हत्या

SHARE THIS POST :

अमेरिकाको टेक्सासमा सान्टा फि नामक स्कुलमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ भने साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । घटना गएरातीको हो । शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको अमेरिकन समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यसैबिच घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ । यो दुखद घटना भए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको केही समयपछि ट्वीट गर्दै निकै भावुक बनेका छन् । उनले टेक्सासमा भएको अपूरणीय क्षतिप्रति आँफु दुःखी भएको बताउँदै सान्टा फि विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी, यो त्रासदीपूर्ण घडीमा म सधैँ तपाईँहरुको साथमा छु भनेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger