काठमाडौँ । चर्चित क्रिकेटर सन्दिप लामिछाने आइपीएल खेलेर स्वदेश फर्किएका छन् ।इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अर्को सिजनका लागि टिकट पक्का गरेर आज स्वदेश फर्किएक हुन् ।
एक महिना लामो बसाईपछि उनी भारतबाट आज स्वदेश फर्किका हुन् । विमानस्थलमा पत्रकारसँग बोल्दै सन्दिपले आईपीएल आफ्ना लागी एउटा ठूलो अवस्र र चुनौती भएको बताएका छन् ।
केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन्। साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ।
आइपिएलमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले तीन वर्षका लागि किनेको छ।
तीन सिजनका लागि हरेक वर्ष २० लाख भारूका दरमा अनुबन्ध भएका सन्दीपले यसपालिको प्रदर्शनपछि अक्सन हुने हो भने सजिलै करोडमाथि पाउन सक्छन्। तर दिल्लीले उनलाई आफैंसँग राख्ने स्पष्ट संकेत गरिसकेको छ।