Latest Updates :

तिब्र गतिको रात्री बस पल्टियो: ३२ घाइते, ३ यात्रु गम्भिर

SHARE THIS POST :

नवलपरासी । काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस पल्टिँदा ३२ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ६ ख ७४ ५६ नम्बरको बस बुधबार राति अनियन्त्रित भै सडकबाट १० मिटर तल खस्दा ३२ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने घाइते सबैको पुरानो मेडिकल कजेल भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले उल्लेख गरेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger