विराटनगर । चर्चित साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा राजनीतिक ब्यक्तिहरु पनि धमाधम पक्राउ पर्न थालेका छन् । यो चर्चित प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट एमाले कार्यकर्ता रेवत आचार्यलाई प्रहरील्े पक्राउ गरेको छ । आचार्यलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आचार्य गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति हुन् ।
उनी उर्लाबारीमा सुन ब्यबसायमा संलग्न रहँदै आएका थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल संचालनमा रहँदै आएको आएको थियो । अचार्यको पक्राउसँगै अन्य नेताहरु पनि मुछिएको आशंका उब्जिएको छ । जुन रहस्य अब धेरै दिन नटिक्ने निश्चित छ ।