Latest Updates :

खेतमा काम गरिरहेकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी हत्या गर्ने जयप्रकाशलाई दिइयो हदैसम्मको कडा सजाय

SHARE THIS POST :

राजविराज – सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ । बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।

विद्युत चोरी गर्ने बीसजना पक्राउ

यसैबीच, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकाको साथबाट पानी तान्ने तीन थान मोटर, दुई थान एलइडी टिभी र दुई थान ल्यापटपलगायतका सामान बरामद गरिएको छ । यता पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ को दरले राजस्व तिराइएको प्राधिकरण प्रमुख साहले भन्नुभयो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger