कृष्ण अधिकारी, स्याङ्जा, भालुडाँडा – कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।
सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।
स्याङ्जा पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमीटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्ट । यस प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । तस्बिर ः कृष्ण अधिकारी, रासस
पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएकाले प्राधिकरणबाट लिनुपर्ने बाध्यता छैन । कृषि मन्त्रालयले तोकेको मापदण्डअन्तर्गत रहेर मल उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ ।
एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याएको प्लान्टका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले बताउनुभयो । एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने अत्याधुनिक यो मुलुककै पहिलो प्लान्ट भएको उहाँको दाबी छ ।
करीब ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । झण्डै रु २५ करोडको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २०० किलो बायोग्यास, ४०० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।