जेठ २०, नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको गैंडाकोट स्थित नारायणी नदिमा बालिकाको शव फेला परेको छ ।
गैंडाकोट इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर १० पितौजिघाट नजिकै किनारमा अन्दाजि ७÷८ वर्षकी बालिकाको शव फेला परेको हो ।प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागी भरतपुर अस्पतालमा पठाइएको र मृतक बालिकाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, मृतक बालिकालाई चिन्नेले ईलाका प्रहरी कार्यालय गैडाकोट नवलपरासी तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० मा जानकारी गराउन हुन समेत प्रहरीले अनुरोध गरेको छ ।