Latest Updates :

कञ्चनपुरमा पुलबाट खसेर एक किशोरीको मृत्यु ..

SHARE THIS POST :

कञ्चनपुर, जेठ २५ । पुलबाट खसेर कञ्चनपुको कृष्णपुर नगरपालिका ९ पिपरीयाकी १२ वर्षीया सविता रानाको शुक्रवार मृत्यु भएको छ।

वन क्षेत्रमा जंगली सागपात टिप्नका लागि गएकी रानाको बालुवा खोलाको काठे पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

वर्षाका कारण खोलामा पानीको वहाव उच्च भएकाले राना वगेको स्थान भन्दा ५०० मिटर तल मृत अवस्थमा फेला पारेको सेटीले बताए। सवितासँगै बगेकी १३ वर्षीया पुजा रानालाई भने घटनास्थलमा पुगेको प्रहरीको टोलीले सकुशल उद्धार गरेको थियाे।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger