Latest Updates :

डाक्टरले मरे भनेको ५ घण्टापछि बृद्धले उठेर सोधे ‘हरि ॐ मलाइँ कहाँ लैजाँदैछौ ?’

SHARE THIS POST :
अस्पतालमा उपचारको लागि भर्ना भएका ७६ वर्षका बृद्धलाई अस्पतालले मृत घोषित गरिदियो । परिवारले उनको अन्तिम सँस्कारको तयारी गर्न थाले । तयारी पूरा भएपछि उनलाई शववाहनमा राखेर मसानघाटतर्फ लगियो । तर, बाटोमा अचानक बृद्ध उठेर बसे अनि सोधे ‘हरि ॐ मलाई कहाँ लैजाँदैछौ ?’

प्राप्त जानकारी अनुसार भारतको भोपाल बैरागढका ७६ वर्षीय मोटूमल वासवानी यसरी उठेका हुन् । उनलाई ६ सेप्टेम्बरका दिन हृदयाघात भएको थियो । त्यसपछि उनलाई उपचारको लागि भोपालको चिरायु अस्पतालमा भेन्टिलेटरमा राखियो । मंगलबार बिहान ७ बजेतिर डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए ।

त्यसपछि परिवारका सदस्यहरुले अन्य आफन्तहरुलाई मोटुमलको मृत्युको खबर दिए । सूचना पाउनासाथ सयौं व्यक्ति उनको घर पुगे त्यसपछि उनको अन्तिम संस्कारको तयारी सुरु भयो । अर्थी सजाइयो, मसानघाटमा उनलाई जलाउनको लागि दउराको प्रबन्ध पनि भयो । केही नातेदारहरु टाढाबाट आउनपर्ने भएकोले दिउँसो २ बजे अन्तिम सँस्कारको समय तोकिएको थियो । अस्पतालमा परिवारलाई शव हस्तान्तरण गर्ने प्रक्रिया पूरा गरेपछि उनको शवलाई शववाहनमा राखेर घर ल्याइँदै थियो ।

अचानक शववाहनमै मोटूमल उठेर बसे अनि सोधे ‘मलाई कहाँ लैजाँदैछौ ?’ लगत्तै परिवारका सदस्यहरु छक्क परे । उनलाई तत्काल घर लगियो । घरमै रहेका डाक्टर शीतल बालानीले उनको जाँच गरेपछि तत्कालै एलबीएस अस्पताल भर्ना गरिएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger