तस्बीर आफै बोल्छ यस्तो दुःख लाग्दो घटना फेरी कहिल्यै नघटोस
२०७२ फागुन १४ कालिकाेट/नेपालगंजबाट जुम्लाको लागि छुटेको 9NAJB काष्माण्डप एयर प्लेन दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । कालिकोट जिल्लाको चिल्खाया गाविस वडा नं. २ परवाडा भन्ने स्थानमा दुर्घटना हुदा प्लेन चालक दिनेश न्यौपाने र सहचाक सन्तोश रानाको ज्यान भएको हो ।
घाइते हुनेमा प्लेनमा सवार चन्दननाथ नगरपालिका ६ जुम्लाका मेघराज गिरी, जगदम्बा खत्री (गिरी) उनका छोरा अनिल गिरी, चन्दननाथ ८ लक्ष्मी सुनार वडा नं ५ का गणेश भट्ट चन्द, उनकी छोरी सोनालीका भट्ट चन्द, नुवाकोट ३ ध्रुब प्रसाद भण्डारी, पटमारा गाविस जुम्लाका लक्ष्मण खड्का, चन्दननाथ ५ का धनन्जय केसी रहेको छन् ।
नेपालगंज देखि जुम्ला दिउसो करिव १२ बजेर २० मिनेटमा छुटेको प्लेनमा केही खरावी आएपछि सवा १ बजे तिर चिलखायामा प्लेन चालक दलले ल्याण्ड गर्न खोज्दा दुर्घटना भएको प्लेनमा सवार घाइते मेघराज गिरीले बताउनु भएको छ ।
दुर्घटना पछि घाइते भएका नौंएैजनालाई सामान्य प्रागमिक उपचार पछि थप उपचारको लागि हेलिकोप्टर मार्फत नेपालगंज तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।