Latest Updates :

बाच्नु पर्दो रहेछ यस्तो अणि देख्न पैदा रहेछ -रत्नपार्कमा जे देखियो जस्ताको तस्तै

SHARE THIS POST :

अपडेटः मोबाइल प्रकरणलाई विजयकुमारले ‘युद्ध’का रुपमा लिए
बिहीबार प्रसारण भएको दिशानिर्देश कार्यक्रममा सञ्चालक विजयकुमारले मोबाइल फोन उठाएको विषयमा चर्किएको बहस रिम्पोछेको निर्देशनमा उनले हिजो माफी मागेलगत्तै सकिएको झैँ लागेको थियो। तर, यो प्रकरणमा अझ तीता कुरा भएका छन्।

विजयकुमारको आधिकारिक फेसबुक पेज हिजै साँझदेखि ह्याक गरेर उनलाई केही लेख्‍न नमिल्ने बनाइएको उनैले बताएका छन्। आफ्नै आधिकारिक पेजमा अर्को पेज खोलेर त्यसबाट कमेन्ट लेख्दै विजयकुमारले यसलाई ‘युद्ध’का रुपमा लिएका छन्।

उनले लेखेका छन्- ‘युद्धका पनि केही नियम हुन्छन्। महाभारत जस्तो महायुद्धमा पनि सुर्यास्त पछि प्रहार वर्जित थियो।’

उनको टिप्पणी जस्ताको तस्तै-
१ मे , २०१२ देखी मेरो आधीकारीक फेस पेज यहि हो । पुरानो पेज लाइ ३० मे को साझ देखी ह्याक भएका सबै सामाग्री मेटेर , मैले आफै समेत त्यसमा केहि लेख्न नसक्ने बनाउने षडयन्त्रको सबैले बिरोध गरौ । यो पेजमा भेला हौँ।
निचताको पनि एउटा सिमा हुन्छ । तिल लाइ पहाड सम्म बनाए त केहि थिएन । तिललाइ दुष्प्रचारको हद तल सम्म ओराल्नु हुदैन । बिमतिको भाषालाइ पाशबिकताको स्तर सम्म ओराल्नु राम्रो हो र ? आफ्नै फेसबुकमा मैले हिजो देखी केहि पनि पोष्ट गर्न नपाउने गरि ह्याक गर्नु उचित हो र ? युद्धका पनि केहि नियम हुन्छन । महाभारत जस्तो महायद्दमा पनि सुर्यास्त पछि प्रहार बर्जित थियो । सलाम छ ! नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मरकनटाइक कमयुनिकेसन का अनुसन्धानकर्ता कृश्ण कार्की ज्य र कमल मानन्धर ज्युलाइ , जसको सहयोगले , हामी त्यो फोहरी जालोबाट बाहिर आयौ । पुरानो साइटबाट मित्रहरु यो नया घरमा बसाइ सरौ । धेरै चाडै हामी vijaykumar.com.np साइट निर्माण पनि गर्ने छौ । र , अर्को साता देखी म टुइटरमा पनि उपलब्ध हुने छु । अहिले अलि हतारोमा छु । मेरो यो नया आधिकारिक साइटका बिषयमा सके जति सबैलाइ , सबे सबैलाइ , जानकारी गराइ दिनु होला भन्ने बिश्बासमा बसेको छु।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger