धन बिदेश गएका यति धेरै युवाहरुको कसरी भयो एकैसाथ शंकास्पद मृत्यु
वैदेशिक रोजगारमा जाने कामदारहरुको बीमा सुविधा विस्तार गरी २० लाख पुर्याएका छन्।
साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी मृगौला फेल, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोगबापत थप ५ लाख बिमाङ्क बराबरको बीमा हुने नयाँ व्यवस्था गरिएको छ।
हालसम्म जीवन बीमा वापत १० लाख, बीमितको आयको नोक्सानी वापत २ लाख, क्रिया खर्च बापत १ लाख, औषधि उपचार खर्च बापत १ लाखसम्म, शव ल्याउन खर्च बापत १ लाखसम्मको व्यवस्था गरिएको छ। अब घातक रोग बापत ५ लाख थपिएसँगै २० लाख पुगेको हो। यो व्यवस्था माघ १५ गतेबाट लागू हुनेछ।
यसैगरी बैदेशिक रोजगारमा रहँदा मृत्यु भएका मृतकका परिवारलाई साविकमा दिइँदै आएको क्षतिपूर्ति रकम तीन लाखमा ४ थपेर सात लाख पुर्याउने गरी बैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा रहेको छ।
यस संशोधनबाट बैदेशिक रोजगारको क्रममा दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने नेपाली कामदारलाई दिइने आर्थिक सहायता ७ लाख पुग्नेछ। यसरी थप हुुँदा कामदारले पाउने रकम बिमासहित २७ लाखसम्म पुुग्नेछ।
यी हुन् बिमा हुने १५ घातक रोग
क्यानसर, किडनी फेल, प्राइमरी पलमनरी आरटेरियल हाइपरटेन्सन, मल्टीपल स्कलोरोसीस, प्रमुख अंग प्रत्यारोपण, कारोनरी आर्टेरी बाइपास ग्राफ्टस्, एओ¥टा ग्राफ्ट सर्जरी, मुटुको भल्भ सर्जरी, स्ट्रोक, म्योकार्डीनल इन्फाक्सन (पहिलो हट एटयाक्), कोमा, पूर्ण अन्धोपन, प्यारालाइसिस, विनाइ ट्युमर, गम्भीर दुर्घटनाले गराउने मानसिक समस्या !
तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिएको प्रधानमन्त्री दाहालले उद्घोष गरेका छन्।
बीमा लेखले रक्षावरण गर्ने घातक रोगहरु मानिएको छ। घातक रोग लागि मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोगबापत ५ लाख गरी कुल १८ लाखसम्म क्षतिपूर्ति गराइने भएको छ।
रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुुने नयाँ व्यबस्था गरिएको छ। नयाँ व्यवस्था अन्तर्गत भारत जाने नागरिकहरुलाई समेत बैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह घातक रोग वापत ५ लाख, जीवन बीमा वापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजार सहित कुुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने भएको छ। यो व्यवस्था आगामी २०७३ फागुन १ गतेदेखि लागू हुनेछ।
यही अवस्थालाई मध्य नजर गर्दै अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकहरुलाई समेत बैदेशिक रोजगारको मान्यता दिइनेछ। अन्य देश जाने नागरिकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन वैदेशिक रोजगार जीवन बीमा र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तर्गतको कल्याणकारी कोषमा सहभागिता गराइने भएको छ।। यस्तो बीमामा ५ लाख बराबरकै घातक रोगको बीमा समेत समावेश हुनेछ।
यसका लागि भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्नेछ।
बैदेशिक रोजगारमा जाने नेपाली कामदारको बीमा अवधिलाई २०७३ साल माघ १५ गतेदेखि नै लागू हुने गरी करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ ब्यवस्था मिलाइएको छ। यो व्यवस्थाले बीमाबाट नागरिकहरुलाई मध्यपूर्वका कतिपय देशहरुलाई ३ वर्ष र मलेसियालाई ४ वर्षसम्म रक्षावरण गर्नेछ।
हाल करार अवधिभन्दा छ महिना बढीको बीमा गर्ने व्यवस्था भएकोमा अब सो अवधि बृद्धि भई एक वर्षको हुनेछ। बैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कल्याणकारी कोषबाट कामदारलाई प्रदान गरिने रकमको अवधि समेत सोही बमोजिम हुुने गरी माघ १५ गतेभित्र बैदेशिक रोजगार नियमावली संशोधन गरी लागू गर्नसमेत श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ।
मेडिकल फेल भएर फर्किएका नागरिकहरुलाई दाबी गर्ने हद म्याद नराखी पिडितलाई सहजै क्षतिपूर्ति दिलाउन साविकको व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता महशुस गरी कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिई सो रकमबाट ४५ दिनभित्र सरकारी निकायमार्फत् नै क्षतिपूर्ति भुुक्तान गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीले बताए।
बैदेशिक रोजगारमा जाने ब्यक्तिले नेपालमा गरेको स्वास्थ्य परीक्षण गन्तब्य मुुलुकमा गई असफल भएको अवस्थामा फर्किएका नागरिकहरुलाई दाबी गर्ने हद म्याद नराखी सरल प्रक्रियाबाट क्षतिपूर्ति रकम फिर्ता गर्ने ब्यवस्था ४५ दिनभित्र मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।