Latest Updates :

यौन धन्दामा एसएलसी दिने युवतीहरु एउटा फ्ल्याट लिएर धन्दा सञ्चालन यस्ता छन ग्राहक अनि कमाई

SHARE THIS POST :
यौन धन्दामा एसएलसी दिने युवतीहरु एउटा फ्ल्याट लिएर धन्दा सञ्चालन यस्ता छन ग्राहक अनि कमाई
शरीरलाई आराम दिन र रोगबाट मुक्ति पाउन मसाज ‘रिफ्रेसमेन्ट’को सबैभन्दा उत्तम उपाय हो । तर, काठमाडौंका मसाज सेन्टरहरुमा मसाज होइन ‘ससाज’ अर्थात यौन धन्दा धेरै हुने गरेको एक अध्ययनले देखाएको छ ।

masajअध्ययनको निष्कर्षमा भनिएको छ- ‘मसाज पार्लरमा काम गर्ने महिलाहरु मध्ये ६०.५ प्रतिशतले कार्यक्षेत्रमा यौन गतिविधिमा संलग्न भएको बताए ।’
डान्सबारमा काम गर्ने २० प्रतिशत र क्याबिनमा काम गर्ने २ प्रतिशतले यौन गतिविधि हुने स्वीकार गरेका छन् ।


अध्ययनले डान्स बार तथा मसाज पार्लरसहितका मनोरन्जन क्षेत्रमा काम गर्ने किशोरी र महिलामा जनजाति समुदायका बढी रहेको देखाएको छ ।

ती क्षेत्रका ग्राहक भने सुरक्षाकर्मी बढी छन् । रक्षा नेपाल नामक गैरसरकारी संस्थाले हालै गरेको अध्ययन अनुसार डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुँरामा काम गर्ने महिला तथा किशोरीमा ५९ प्रतिशत जनजाति समुदायका छन् ।

अध्ययनमा संलग्नहरुले दिएको उत्तरका आधारमा तयार पारिएको निष्कर्षमा डान्स बार तथा मसाज पार्लरमा काम गर्ने झण्डै आधा अर्थात ४७ प्रतिशत १५ देखि २१ वर्ष उमेर समूहका छन् भने ४४.५ प्रतिशत २२ देखि २८ वर्ष उमेर समूहका छन् ।

मनोरन्जन क्षेत्रमा काम गर्ने धेरैले परिवारलाई समेत काम गर्ने स्थान र क्षेत्र लुकाउँछन् । अध्ययनको निष्कर्षमा भनिएको छ- ‘८२.५ प्रतिशत उत्तरदाताले कार्यस्थलमा यौनजन्य क्रियाकलाप हुने गरेको स्वीकार गरेका छन् ।’

मसाज सेन्टरका नाममा समेत यौजजन्य क्रियाकलाप हुने गरेको भन्दै प्रहरीले बेला-बेला छापा मार्ने गरेको छ ।

रक्षा नेपालले हालै गरेको छलफलमा सहभागी मध्ये केहीले आफूहरु मसाजमा काम गर्दा बलात्कृत भएको समेत सुनाएका थिए ।

तर, केहीले भने सबै मसाज सेन्टरहरुमा यौन्यजन्य गतिविधि नहुने बताए । प्रहरीले अनावश्यक रुपमा आफूहरुलाई दुःख दिने गरेको उनीहरुको आरोप छ ।

धेरैजसो ग्राहक सेना र प्रहरी

अध्ययनमा सहभागीले दिएको जवाफ अनुसार डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुराँमा पुग्नेहरुमध्ये ९२ प्रतिशत सेना र प्रहरी हुन्छन् । ग्राहक जाने सेना र प्रहरीहरु २१ देखि ५० वर्ष उमेरसम्मका छन् ।

विदेशी ग्राहकहरुमा भने भारतीय नागरिक बढी हुने अध्ययनले देखाएको छ । रक्षा नेपालका अनुसार अनुसन्धानमा रेष्टुराँ, डान्स बार, मसाज सेन्टर तथा केही गेष्ट हाउसमा कार्यरत गरी पाँच सय किशोरी तथा महिला संलग्न थिए ।

उनीहरुमध्ये धेरैले सशस्त्र द्वन्द्वका कारण विस्थापित भएपछि काठमाडौंसम्म आएको जवाफ दिएका छन् । उनीहरुमध्ये धेरै ठमेल आसपास बस्छन् ।

अध्ययनका अनुसार यस्तो पेशामा लाग्ने धेरै सामान्य साक्षरहरु छन् । एक प्रतिशत मात्र उच्च शिक्षा पाएकाहरु छन् । २६ प्रतिशत पूर्ण निरक्षर र ३९ प्रतिशत सामान्य साक्षर रहेको अध्ययनले देखाएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger