खुट्टा नै नभएको भुत घर अगाडी निक्ले पछी (हेर्नुहोस भिडियो
पहाडको टुप्पामा पुग्दा झम्के साँझ परिसकेको थियो । मेरो साथमा एउटा टर्च थियो त्यसैले पनि मनमा डर थिएन । राजुलाई फोन गरेँ¸ अव कति लाग्छ हँ ? अव एक घण्टामा तँ आइपुग्छस् के कति आत्तिएको ? उतावाट यस्तो जवाफ आयो । ऊ लिन आउँ भन्दै थियो मैले पर्दैन भनेँ । म पहिलो पटक यस्तो पहाडको लामो यात्रा गरेको थिएँ त्यसैले पनि हात खुट्टाहरु दुखिरहेका थिए तैपनि म जानै पर्ने थियो त्यसैले हिडेँ । घरमा बुलुलाई पनि थाहा नै नदिएर हिँडेको आज तेस्रो दिन भैसक्यो । हिजो बुलुले फोन गरेकी थिई । मैले अफिसको काममा विराटनगर गएको छु भनिदिएँ । यो मोवाईलले पनि मानिसलाइ राम्रै सुविधा दिएको छ¸मैले उसलाइ ढाँट्न गाह्रै भएन । आज पनि अघि फोन गरेकी थिइ सानी छोरी निदाइसकि अरे । ठूलीले होमवर्क गर्दै छे रे । केटाकाटीहरु पनि यस्तै त हो नि पढ भनेर मान्दै मान्दैनन् तर कम्तिमा होमवर्क गरे भने पनि ठूलो कुरा मान्नु पर्ने । तर पनि छोरीको दिमाख भने कडा नै थियो कतिले त वावु गोत गएकी भन्थे । मलाई खूव माया गर्थी । मैले पनि लैङ्गिक भेदभाव विना नै छोरासरह व्यवहार गर्थेँ । तापनि घरीघरी भने सामाजिक परिवन्धले वाँधिएका हामीहरु कतिपय अवस्थामा समाजको मूखमा बुजो लगाउन नसक्ने यथार्थता त मैले पनि छिपाउन सक्दिन । पाइला लामो वनाउँछु भन्दा भन्दै पनि असजिलो महशुस भैरहेको छ । हुन त थकाइ पनि लागिसक्यो । अघि देउरालीमा खाएको केराउको तरकारी र सेल ले पनि अव कति धानोस् ? अँध्यारोले अलि अलि गर्दै च्याप्दै लगेको थियो । म त्यै अँध्याराको बिचवाट जुनकिरी वन्दै नयाँ वाटोमा अगाडि वढिरहेको थिएँ । नयाँ ठाउँ भएकोले पनि डर लागेको थिएन ।
किनकी दिउँसो हिडिराखेको र परिचित ठाउँमा विभिन्न भनाइ अनुसार भूत¸डंकिनी र किचकन्याको वास रहेको भन्ने सुनेपछि झन डरको मात्रा वढ्दै जान्थ्यो तर त्यहाँ मैले त्यस्तो केही पनि नजानेको हुँदा डरको प्रतिशत खासै थिएन । तापनि अँधेरी रातमा एक्लै अपरिचित वाटोमा जुनकीरी टर्चको भरमा परिस्थिती अली गाह्रो नै थियो । वाटो सुनसान नै थियो । अघि साँझमा खाजा खाएर ओरालो लाग्ने क्रममा घुरमैलो अन्धकारमा एकजना महिलालाइ मैले देखेको थिएँ । उसले मलाइ निकै परिचित आँखाले हेरेकी थिइ¸ म भने नचिनेको झैँ गरी पर नै वसेको थिएँ । तर उसले मलाई नजिकै आएर भनि तपाइँ यहाँ नयाँ हो ? उसले यसरी भनी कि मानौँ ऊ यहाँ नयाँ मानिसहरुको वारेमा मिडियामा रिपोर्टिङ गरिरहन्छे । मैले हो तर खासै नयाँ त होइन पहिला पनि एकपटक आएको थिएँ भनिदिएँ । तर उसले पत्याइन तपाइँले किन ढाँट्नु हुन्छ ? मैले तपाइँलाइ चिनिसकेकी छु तपाइँ त नयाँ नै हो वरु कहाँ सम्म जाने हो त्यो भन्नुस म पुर्याइदिने व्यवस्था गरिदिउँला । मैले इन्कारेँ र एक्लै पनि जान सक्ने कुरा भनेँ । उसले भनी¸ त्यसो भए त ठिकै छ तर तपाइँलाइ भोली केही भैहाल्यो वा बाटोमा भूत वा किचकन्याले छल गर्यो भने चाहिँ हामी गाउँले जवाफदेही हुँदैनौँ है ।