Latest Updates :

बैदेशिक रोजगारमा जाने नेपालीहरुको लागि आयो खुशीको खबर : युरोपको बिकसित देश ‘लिथुएनिया’ को लागि सरकारले नेपाली कामदार पठाउँदै

SHARE THIS POST :
 । युरोपको बिकसित देश हो लिथुएनिया, यहाँ बिदेशी कामदारलाई राम्रो अवसर छ ।

अघिल्लो बर्ष नै सरकारले गठन गरेको समितिले यो देशलाई राम्रो मानेको थियो । सरकारले अघिल्लो बर्ष यस देशमा नेपाली कामदार पठाउन सकिने भन्दै संस्थागत रुपमा कामदार लैजान सिफारिस समेत गरेको थियो ।

लिथोएनिया रोजगारीको लागि राम्रो देश मानिन्छ । पोल्याण्ड र रसिया नजिकै पर्ने लिथुएनियामा युरो चल्ने हुँदा यहाँ रोजगारी गर्ने कामदारले आकर्षक तलब पाउछन ।

उक्त देशको स्थिति, मानव अधिकारको अवस्था, आप्रवासी कामदारलाई हुने व्यवहार, पारिश्रमिक लगायत बिभिन्न बिषयमा अध्ययन गर्दै उक्त देश नेपाली कामदारको लागि उचित हुने/नहुने प्रतिवेदन निकालिन्छ, जसमा नेपाली कामदार त्यहाँ जान हुने प्रतिवेदन निकालिएको थियो ।

नेपाली कामदारको लागि लिथोएनियाबाट विभिन्न उद्योग-कलकारखाना, ईंटा-भट्टामा लगायत उच्च पदहरुमा दक्ष डाक्टर, नर्स, इञ्जिनियर आदिकोमाग आएपछी सरकारले यो देशमा कामदार पठाउन सकिने-नसकिने अध्ययन सुरु गरेको थियो ।

लिथुनिया न्युनतम तलब कति ? लिथुएनियाका लागि न्युनतम् पारिश्रमिक मासिक ३ सय ५० युरो भन्दा बढी तोकिएको छ । सरकारी मापदण्डमा न्युनतम ३ सय ५० युरो भनिएपनि यो देशमा रोजगारीको लागि राम्रो कमाई हुन्छ ।

कस्तो देश हो लिथुएनिया ? लिथुएनिया युरोपियन देशहरु मध्येको एक स्वतन्त्र देश हो | नेपाली कामदारका लागि अति आकर्षक गन्तब्य मानिने इजरायल जतिकै बिकास सम्पन्न यो देशको आर्थिक स्थिति पनि निकै राम्रो छ |

यहाका नागरिकहरुको प्रतिव्यक्ति आय २९ हजार ९ सय डलर रहेको छ । २८ लाख भन्दा बढी जनशंख्या भएको यो देशको प्रतिव्यक्ति आयलाई हेर्ने हो भने यो देश विश्वकै ४१ औं धनी राष्ट्रमा गनिन्छ ।

आर्थिक रुपमा शक्तिशाली बन्दै गएको यो देशमा पछिल्लो समय नेपाली कामदारको लागि राम्रो मागहरु आउने गरेका छन् । यो देशमा लिथुनिएन भाषाको प्रयोग हुन्छ । नेपालभन्दा सानो यो देशको क्षेत्रफल ६५,३०० बर्गकिलोमिटर रहेको छ । 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger