यो बाटोलाई देख्नसाथ तपाईको सातो उड्छ । उस्तैको मुटु काँप्छ । यसलाई मानिसहरु ‘मृत्युको बाटो’ भन्छन् । हो, यहाँ सानो गल्ती गर्नुभयो अथवा अञ्जानमै भयो भनेपनि मृत्यु निश्चय छ । त्यसो भएर पनि मानिसहरु ज्यानलाई दाउमा राखेर यो बाटो हिँड्छन् ।
यो बाटो पहरामा छ । हेर्दै डर लाग्दो पहरमा मुश्किलले मान्छेको पाइला अटाउने बाटो छ । त्यो पनि काठको टुक्रा र फलामको टुक्रा जोडजाड गरेर बनाइएको छ । यसमाथि उनीहरुले नै हिँड्न सक्छन्, जसको मुटु बलियो छ ।
यदि यो बाटोमा हिँडिरहनुभएको छ भने मृत्युलाई चुनौती दिएको मान्नुहुनेछ । किनभने यो जमिनबाट हजारौं फिट उचाईमा छ । काठले बनेको साँघुरो र अत्यासलाग्दो बाटोमा हिँड्नु कुनै मजाक होइन । यो हाम्रै छिमेकी चीनको बाटो हो । चीनको माउन्ट हाउसहानको अग्लो चट्टानमाथि यस्तो बाटो छ । यो पर्वत चीनको दक्षिण क्षेत्रमा छ । यसको उचाई करिब ७ हजार ८७ फिट छ ।
खासमा यो सन्यासी, पूजारीले प्रयोग गर्न बनाएको बाटो थियो । अहिले भने पर्यटकहरु यहाँ आउने गरेका छन् । यसको टुप्पोमा धर्मस्थल छ ।