⇑⇑भिडियो हेर्न माथिको बक्समा क्लीक गरी एड हटाउनुहोस।⇑⇑
जिल्ला प्रहरी कार्यालय भित्रै कुटाकुट || हेर्नुहोस
०७० सालसम्म ८० भोटमा सीमित भएको एमाले ०७४ मा आउँदा कांग्रेसभन्दा ठूलो दल बन्नुको पछाडि एउटै कारण छ- कांग्रेसको परम्परागत प्रतिस्पर्धी राप्रपा सग्लै एमाले बन्यो । राजा महेन्द्रप्रति सधैं अनुग्रहित हुने मनाङ्गेहरु राप्रपामा रहेर कांग्रेस हराउन नसक्ने भएपछि एमाले बने ।०७० सालको चुनावमा कांग्रेसका टेकबहादुर गुरुङसँग ३ सय मत अन्तरमा पराजित राप्रपाका त्रिपल पी गुरुङको समूह नै एमाले प्रवेश गर्यो । मनाङमा त्रिपल पी र उनका दाजु पाल्देन छोपाङ गुरुङहरुले एमालेको नेतृत्व गरे । यसमा टेकबहादुर गुरुङबाट पीडित भएका कांग्रेसहरु पनि सहभागी भए ।
यसको परिणाम वैशाखमा सम्पन्न स्थानीय चुनावमा देखियो । जिल्लाका ४ स्थानीय तहमध्ये २ वटामा एमालेले जितेपछि कांग्रेसको परम्परागत गढ तोडियो । एमालेले सदरमुकाम चामे र सबैभन्दा धेरै मतदाता रहेको नेस्याङ गाउँपालिका जितेर जिल्लाको सबैभन्दा ठूलो दल बन्यो ।कांग्रेसले नासोङ गाउँपालिका झिनो मतले जित्यो भने नारफूमा स्वतन्त्रसँग मिलेर कांग्रेस निर्विरोध भएको थियो । त्यो स्वतन्त्र समूह अहिले एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङको पक्षमा उभिएपछि कांग्रेसका टेकबहादुर गुरुङमाथि दबाव थपिएको छ । उनीमाथि चुनाव जितेर मन्त्री भएपनि केही काम नगरेको आरोप छ ।
स्थानीय तहको निर्वाचन परिणाम अनुसार एमाले १३ सय ३९ मत सहित पहिलो स्थानमा छ । कांग्रेस १२ सय १८ मत सहित दोस्रो स्थानमा छ । स्थानीय चुनावमा आइपुग्दा राप्रपा र माओवादी मनाङमा निकै कमजोर देखिए ।केही वडा जितेको राप्रपाको सानो समूह पनि दिपक मनाङ्गेसँगै एमाले प्रवेश गरिसकेको छ । जिल्लामा अस्तित्व धानिरहेको माओवादी वामपन्थी गठबन्धनसँगै एमालेसँगै मिसिएको छ । दिपक मनाङ्गेको इमेज काठमाडौंमा जसरी डनको छ, मनाङमा भने उनी समाजसेवी बनेर प्रस्तुत भएका छन् ।
अब मनाङको चुनावमा कांग्रेस भर्सेस एमाले देखिएका छन् । कांग्रेस इतिहासको विरासत कायम गर्न प्रयत्नरत छ भने एमाले-कांग्रेसको निरन्तरतालाई क्रमभंग गर्न आक्रामक ढंगले लागेको छ ।एमालेलाई त्रिपल पी गुरुङहरुले शून्यबाट पहिलो पार्टी बनाए । स्थानीय चुनावपछि एमालेमा दिपक मनाङ्गेको समूह थपिएको छ । मनाङ्गेसँग करीव ३ सय मत पारिवारिक पकडमा रहेको अनुमान छ । त्यो मत पनि एमालेमा थपिने निश्चित छ । किनकी स्वतन्त्र उम्मेदवार बनेका राजिव गुरुङ उर्फ मनाङ्गेलाई एमालेले प्रदेशसभामा सघाएको छ ।