Latest Updates :

गुण्डा नाइके तथा काँग्रेस नेता गणेश लामालाई प्रहरीले गोली हान्यो, के इन्काउन्टर थियो ?

SHARE THIS POST :
प्रहरीले बुधबार राती नेपाली काँग्रेस निकट व्यवसायी गणेश लामा माथि गोली प्रहार गरेको छ। पुरानो गुण्डागर्दी पृष्ठभुमि भएका तथा केहि बर्षदेखि राजनीतिमा सक्रिय रहेका लामामाथि बुधवार राती काठमाडौं गौशालास्थित पशुपति भिजनमा प्रहरीले गोली चलाएको हो ।

गोली प्रहारसँगै प्रहरीले लामालाई पक्राउ गरेको छ। लामालाई हतकडी लगाएर राखिएको छ। उनको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । लामाले भने आफूलाई फसाउन प्रहरीले नै हतियार जवर्जस्ती राखिदिएको बताएका छन्।गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाइएको छैन। गोली एक्कासी किन हान्नु पर्‍यो भन्ने बारेमा पनि प्रहरीले केहि प्रष्ट पारेको छैन। लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले लामालाई कष्टडीमा राखेको छ।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा पार्टी काँग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए । काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

केपी ओली नेतृत्वको सरकार आएसँगै काँग्रेससँग निकट रहेका लामा सहितका केहि यूवाहरु प्रहरीको निसानामा छन्। खासगरि काँभ्रेका तरुण दलका यूवाहरुलाई प्रहरीले निसानामा बनाएको छ। गृहमन्त्री राम बहादुर थापा बादल आएदेखि काँग्रेस निकट यूवाहरुलाई प्रहरीले खोजी खोजी कार्वाही थाल्ने अभियान नै शुरु गरेको छ। नयाँ सरकारलाई काम गरेको देखाउन प्रहरी पनि लागिपरेको छ।

पुरानो सरकार गएर नयाँ सरकार आएको संक्रमणकालको अवधिमा प्रहरीले कतिपय पुरानो रिस पोख्न पनि यस किसिमका कार्वाही गर्ने गरेको पाइन्छ। प्रहरीले गर्ने इन्काउण्टर अनि पक्राउ यहि श्रृङखला अन्तर्गत हुने गरेका छन्। लामाको पक्राउ पनि यसैको निरन्तरता भएको तरुण दलका एक नेताले बताए।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger