Latest Updates :

के पि ओली प्रधानमन्त्री भएपछि -भारतमा भएका नेपाली गोर्खा रेजिमेन्टका आर्मीले मोदीलाई नटेरी नेपाली गित हामि बिर गोर्खाली कसैसंग नझुक्ने बिर नेपाली लगाएर आफ्नो ब्यारेग भित्र यसरि छमछमी नाच्दै , ल हेर्नुहोस सोहि भिडियो!!!!

SHARE THIS POST :
कसैको  नझुक्ने  हामी बीर गोर्खाली
गोर्खा राइफलमा कार्यरत रमेश बहादुर थापा र विष्णु राना यस्ता पात्र हुन जसले भारतीय सेनामा रहेर बिशेष गरी माउन्टेनिङ्गको क्षेत्रमा सफलता हासिल गर्न सफल भएका छन् । सफलता सँगसँगै उनीहरु आफ्नो देशको नाम राख्न पाएकोमा खुशी देखिन्छन् । पछिल्लो समय माउन्टेनिङकै क्रममा नेपाल आइपुगेका यी दुइ बीर गोर्खाली पूत्रहरु आफुले नेपालमै बसेर देशको  सेवा गर्न नपाएपनि आफ्नो देशको इज्जत राख्न पाएकोमा गौरवान्वित छन् । 

यी दुई मध्ये एभरेष्ट म्याराथुनका गोल्ड मेडलिस्ट बिष्णु राना भन्छन् जहाँ गएपनि नेपाली हुँ भन्दा गौरव लाग्दो रहेछ । विश्वविख्यात कार्गिल ब्याटल स्कुलमा प्रशिक्षकको रुपमा कार्यरत रमेश बहादुर थापा र विष्णु राना यतिखेर भारत सरकारको ठूलो जिम्मेवारी लिएर नेपालमा माउन्टेन क्लाइम्विङका लागि ठूलो टिम लिएर आएका छन् । भारतका ६००० माथिका माउन्टेनको सफल आरोहण गरेका रमेश बहादुर थापाले  सन् २०१३ को एभ्रेष्ट एक्सपीडीसन मार्फत १९ जनाको टोलीका साथ सफलतापूर्वक आरोहण गरिसकेका छन । यसपटक दुवैको नेतृत्वमा २५ जनाको टोली सहित नेपाल आइसकेका छन् ।

यति ठुलो जिम्मेवारी दुई दुई पटक आफुहरुले पाएकोमा खुशी देखिन्छन, यी यूवा जसको शरिरमा नेपाल आमाको रगत बगिरहेको छ । हाल भारतमा ५० देखि ५५ हजार को हाराहारीमा नेपालीहरु गोर्खा रेजिमेन्टमा कार्यरत छन् । १५ लाखभन्दा बढी भारतीय सेना रहेका छन यत्रो ठूलो सम्हबाट हजारौ प्रशिक्षक चुनिन्छन त्यसमा पनि माउन्ट एभरेष्ट आरोहण टोलीको प्रशिक्षकमा चुनिदा उनीहरु भित्र देखिएको खुशी कुनै शव्दमा वयान गरि साध्य नै छैन । यो उनीहरुको लागि मात्र होइन हामी सबै नेपालीहरुको लागि गौरवको कुरा पनि हो । भारतीय सेनामा काम गर्दा विभिन्न रेस्क्युहरु सफलतापूर्वक पुरा गरेको मानिसहरु बचाएको सम्झना गर्दै यिनीहरु भन्छन त्यतिखेर हामी नेपाली हौ भनेर भन्न पाउदाको आनन्द नै वेग्लै हुँदो रहेछ । 


   विगत दुई वर्षदेखि उनीहरुले नै प्रशिक्षण  गर्दै आएको २५ जनाको टिम  लिएर यिनीहरु माउन्टेन क्लाइवीङ्गमा नेपाल आएका छन् । जसमा १० जना कलेजका विद्यार्थीहरु रहेका छन् भने अन्य भारतीय सेनाबाट रहेका छन् । उनीहरु अप्रिल ४ तारिखका दिन काठमाडौं जिरी हँदै १७ दिनको ट्रेकिङ यात्राबाटै सगरमाथा वेस क्यामम्पा पुग्ने योजना रहेको छ । लिडर कर्नल गौरव कार्कीको नेतृत्वमा रहेको यस टिमको माउन्टेन क्लाइवीङ्ग सम्पूर्ण प्रशिक्षण एवं नेतृत्व यी दुई जवानले लिनेछन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger