लाइभ भिडियो), हेर्दाहेदै यसरी पल्टियो गाडी सुनौलीमा! ८ जनाको मृत्यु यस्तो काहालीलाग्दो भिडियोभिडियो सहितपुरा हेर्न तलको फोटोमा थिच्नुहोस
डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते
डडेल्धुरा, – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । घाइते १५ जनाको अवस्था गम्भीर छ ।
डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस मंगलबार दिउँसो १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।
ज्यान जानेमा देहिमाण्डौ बैतडीकी ८० वर्षकी द्रोपती भण्डारी र परशुराम–७ जोगबुडाका १४ वर्षका विक्रम बोहराको घटनास्थलमा नै र भागेश्वर गाउपालिका डडेल्धुराकी राधा भट्टको उपचारका क्रममा भारतको तपन हस्पिटल बरेलीमा ज्यान प्रहरी चौकी गैराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश बहादुर चन्दले जानकारी दिनुभएको छ ।