Latest Updates :

सिरियामा बम आक्रमण गरेको आरोपमा चिन र कोरिया मिलेर अमेरिकालाइ सबक सिकाउने घोषणा यसरी हुदै छ तयारी

SHARE THIS POST :
अमेरिका र उत्तर कोरियाबीच युद्ध भयो भने बाँकी विश्वको के हुन्छ ?

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको धम्कीलाई यस्तो जवाफ दिने घोषणा गरेका छन् जुन कारवाही विश्वकालागि नयाँ हुनेछ।
ट्रम्पको सो चतावनीको प्रतिक्रिया दिँदै उत्तर कोरियाले अमेरिकी द्वीप गुआममा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको जनाएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। गुआममा एक लाख ६३ हजार मानिस बसोबास गर्छन।

यी सबै घटनाक्रम त्यतिबेला सार्वजनिक भएका हुन् जतिबेला उत्तर कोरियाले साना परमाणु हतियार र अन्तर महादेशीय मिसाइल प्राप्त गरेको छ। साना परमाणु हतियार अन्तरमहादेशीय मिसाइलमा फिट गर्न सकिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यस्तो अवस्थामा अमेरिका र उसका एसियाली सहयोगी देशले चिन्ता व्यक्त गरेका छन्।



यद्यपी विशेषज्ञहरुले सोही विषयलाई लिएर आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। कोरियाली प्रायद्वीपमा युद्ध कसैको पनि हितमा हुँदैन। उत्तर कोरियाली सरकारको मुख्य लक्ष्य आफ्नो अस्तित्व बचाउनु रहेको उनीहरुको दाबी छ।

यस्तो अवस्थामा अमेरिकासँग युद्ध गरेर उत्तर कोरिया आफूलाई थप जोखिममा पार्न चाहँदैन। बीबीसीका सामरिक संवाददाता जोनाथन मार्कसका अनुसार अहिलेकै अवस्थामा अमेरिका र उसका सहयोगीमाथि उत्तर कोरियाको कुनै पनि प्रकारको आक्रमणबाट युद्धको धेरै चर्चा हुन्छ। यस्तो अवस्थामा उत्तर कोरिया आत्मघाती कमद उठाउँदैन।

वास्तवमा यही कारण उत्तर कोरिया आफूलाई परमाणु शक्ति सम्पन्न राष्ट्र बनाउनकालागि निकै मेहनत गरिरहेको छ। यदि उत्तर कोरिया परमाणु शक्तिसम्पन्न राष्ट्र बन्यो भने किम जोङ उनको सरकार बलियो अवस्थामा पुग्छ र आफूलाई बनाउन पनि सक्छ। किम जोङ उन लिवियाका पूर्व शासक गद्दाफी र इराकका पूर्व शासक सद्दाम हुसेनको बाटोमा जान चाँहदैनन्।

दक्षिण कोरियाको राजधानी सोलको कुकमिन विश्वविद्यालयका एन्ड्रेई लंकोवले बेलायती पत्रिकार गार्डियनसँग भनेका छन्, ‘ युद्धको सामान्य आशंका छ। तर युद्धसँगै समान रुपले उत्तर कोरियाली राजनीतिकस्तरमा विषयलाई सुल्झाउन सकिँदैन।’ उनले भने, ‘उत्तर कोरिया पहिला अमेरिकाको मानचित्रबाट शिकागोलाई मेटाउन चाहन्छ र अनिमात्र राजनीतिक समाधानको कुरा गर्छ।’

अमेरिकालाई पनि के थाहा छ भने उत्तर कोरियामाथि आक्रमण गर्दा उसका सहयोगी जापान र दक्षिण कोरिया निसाना बनाउन सक्छ। त्यसको अर्थ ठूलो संख्यामा जनधनको क्षति हुनु हो। त्यसो भयो भने ठूलो संख्यामा अमेरिकी नागरिक पनि मारिन्छन्। अमेरिकी जापानमा सैनिक र नागरिकका रुमपा छन्। र अमेरिका आफ्नो भूमिमा परमाणु हतियार मिसाइल झरोस् भन्ने पनि चाँहदैन।



चीन उत्तर कोरियाको एकमात्र मित्र देश हो। चीन उत्तर कोरियाली प्रशासनलाई सम्हाल्ने पुरै कोसिस गर्छ। उत्तर कोरियाको विध्वंश चीनले हेरेर बस्दैन। किम जोङ उनको बर्हिगमन चीनकालागि सामरिक रुपमा ठूलो नोक्सानी हो। अमेरिका र दक्षिण कोरियाली सैनिक चीनीयाँ सीमा पार गर्छन र चीन त्यस्तो कहिल्यै चाँहदैन।

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियालाई कडा चेतावनी दिएपनि अमेरिका आफैं पनि कुनै सक्रिय युद्धमा सहभागी हुन चाँहदैन। आफ्नो नाम उल्लेख नगर्ने शर्तमा रोयर्टस्सँग एक अमेरिकी अधिकारीले भने, ‘आरोप्रत्यारोप बढ्नुको मतलव युद्ध हुनु होइन।’

जुलाईमा उत्तर कोरियाकातर्फबाट दुई वटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि  अमेरिकाको चाहना भनेको संयुक्त राष्ट्रमार्फत उत्तर कोरियालाई थप प्रतिबन्ध लगाउने हो। अमेरिकाले रणनीतिक रुपमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघमार्फत नयाँ आर्थिक प्रतिबन्ध पनि लगाइसकेको छ।

अमेरिका अहिले पनि उत्तर कोरिया विवाद संवादमार्फत हल गर्नुपर्ने पक्षमा देखिएको छ। उत्तर कोरियासँग संवाद गर्न अमेरिकाले चीन र रुसको सहयोग लिने कोसिस गरिरहेको छ। यद्यपी केही विश्लेषहरुले भने वर्तमान तनावको माहोलमा कुनै असमझदारी कमद युद्धको आगो झोस्न सक्ने बताउँछन्।

अमेरिकी पूर्व उप विदेशमन्त्री पीजे क्रावलीले अमेरिका र उत्तर कोरिया १९९४ मा सैन्य संघर्षको नजिक पुगेको बताए। त्यो बेला उत्तर कोरियाले आफ्नो परमाणु संयन्त्रमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आउने अनुमति दिएको थिएन्।

त्यसपछि पनि उत्तर कोरियाले कुनै न कुनै रुपमा अमेरिका विरुद्ध कदम उठाउँदै गयो। योसँगै जापान र दक्षिण कोरियालाई पनि भड्काउने काम गरिरह्यो।  यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की अप्रत्यासित होइन। पूर्व अमेरिकी उप विदेशमन्त्रीले लेखेका छन्, ‘अमेरिकाले जहिले पनि भन्दै आएको के हो भने उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्यो भने वर्तमान शासनको अन्त्य हुन्छ।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger