Latest Updates :

४ वर्षको छोरालाई खुट्टाले च्यापेर आमाबाबु दुवैले १२ तलाबाट हाम्फाले

SHARE THIS POST :
४ वर्षको छोरासमेत आमाबाबुले आत्महत्या गरेको सनसनीखेज घटना बाहिरिएको छ । ती आमाबाबुले आफ्नो ४ वर्षको छोरालाई खुट्टाले च्यापेर १२ तला माथिबाट हाम्फालेका थिए । परिवार ऋणमा डुबेका कारण ती व्यापारी दम्पतीले सन्तानसमेत आत्महत्या गरेको बताइएको छ । ३५ वर्षका गार्मेन्ट व्यापारी विजय चतुरभाइ वघासियाले बुधबार श्रीमती र छोरासमेत आत्महत्या गरेका हुन् ।

विजयले आफ्नी पत्नी रेखा बेन सँगसँगै हाम्फालेका थिए । उनले ४ वर्षको छोरा वीरलाई खुट्टाले च्यापेर हाम्फालेका थिए । तीनजनाकै घटनास्थलमे मृत्यु भउको बताइएको छ । भारतको गुजरातको सूरतमा भएको यो घटनामा विजयको पाइन्टको खल्तीमा सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा विजयले ऋण तिर्नुपर्ने केही व्यक्तिहरुको नाम उल्लेख भएकोले प्रहरीले यसलाई भने सार्वजनिक गरेको छैन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger