गृह मन्त्रालय र प्रहरीका केही उच्च अधिकारीबीच सीमित गोप्य सूचना चुहिँदा न्युन बिजीकरण भई वीरगन्ज र भैरहवाबाट काठमाडौं आइरहेका ट्रक एवं तिनका मालिक बाटोबाटै गायब भएका छन्।
गृहमन्त्री रामबहादुर थापाले थाहा पाएको राजस्व चुहावटसम्बन्धी गोप्य सूचनाका अाधारमा ट्रक र तिनका मालिक पक्राउ गर्न गृहले महानगरीय प्रहरी परिसरलाइ निर्देशन दिएकाे थियाे। गृहमन्त्री थापालाई आएको गोप्य सूचना मन्त्रालयका अधिकारीमार्फत् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेललाई टिपाइएकाे थियो।
गृहमन्त्रालयकै पहलमा शुक्रबार कन्टेनरलाई काठमाडौं छिर्ने नाकामै समाउने योजना बन्यो। सूचना अति गोप्य राखिएको थियो। मन्त्री थापा, उनको सचिवालयका केही सदस्य र सहसचिव रामकृष्ण सुवेदी बाहेक अरूसँग याे सूचना थिएन।
मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई ट्रान्सपाेर्ट कम्पनी, भैरहवा र वीरगन्जबाट छुटेकाे मिति र गाडी नम्बर टिपाइयाे। एसएसपी पोखरेलले त्याे सूचना महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक बाबुराम पोखरेललाई दिए। वृत्त प्रमुख महेन्द्र नेपाल शुक्रबार बिदामा रहेका कारणा वृत्तको नेतृत्व उनैले गरिरहेका थिए।
प्रहरी निरीक्षक पोखरेलले महानगरीय प्रहरी प्रभाग नागढुङमा सूचना पठाए। पशुपति ट्रान्सपोर्टका गाडी नियन्त्रणमा लिन प्रहरी तैनाथ भयाे। शुक्रबार नागढुङगा प्रहरीले काठमाडौं भित्रिएका पशुपति ट्रान्सपोर्टका सबै ट्रक नियन्त्रणमा लियो। प्रहरीले १० वटा ट्रक नियन्त्रणमा लियाे। र २ बजे नियमअनुसार राजस्व अनुसन्धान विभाग हरिहरभवन पठायाे।
गृह मन्त्रालयले आईतबार बुझ्दा गृहमन्त्रीमार्फत् नम्बर टिपाएका ट्रक हरिहर भवनमा एउटै थिएनन्। प्रहरीले पशुपति ट्रान्सपाेर्टका ट्रक नियन्त्रणमा लिए पनि गृहमन्त्रीले दिएकाे सूचनाका ७ ट्रक भने नियन्त्रणमा लिएकाे थिएन। याे विषयका कारण अहिले गृहले यथार्थ पत्ता लगाउन अान्तरिक छानवीन एवं साेधपुछ सुरू भएकाे छ।
स्रोतका अनुसार नाम र नम्बर टिपाएउँदा समेत सफलता नपाएकाे विषय गृह र काठमाडाैं प्रहरीका लागि पेचिलाे बन्न पुगेकाे छ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले यो विषय आफूलाइ थाहा नभएकाे बताए। दश वटा मालबाहक कन्टेनर राजस्वमा बुझाएको र बाँकी अनुसन्धान भइरहेको उनको भनाइ छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी पोखरेलले गृहले नम्बर टिपाएका गाडी काठमाडौं नै नभित्रिएको दाबी गरे। उनले प्रहरीले मन्त्रालयको निर्देशनअनुसार सम्बन्धित ट्रान्सपोर्टका भित्रिएका गाडी समाते पनि टिपाएका नम्बर अनुसारका गाडी नपरेको उनले स्वीकारे। सूचना बीचमै लिक हुँदा ट्रक एवं तिनका मालिक भाग्न सफल भएकाे प्रहरी अनुमान छ।
‘मन्त्रालयले टिपाएका कुनै पनि गाडी काठमाडौं भित्रिएनन्,’ एसएसपी पोखरेलले नेपालखबरसँग भने।
स्रोतका अनुसार एसएसपी पोखरेलले सोमबार मन्त्रालयले टिपाएका कुनै पनि गाडी नसमातिएपछि वृत्त थानकोट र प्रभाग नागढुंगाका अधिकारीहरुलाई सोधपुछ गरेका छन्। गृहमन्त्रीकै सूचना कार्यान्वयन नहुँदा आक्रोशित बनेका उनले यस विषयमा अनुसन्धान हुने भन्दै अधिकारीहरुलाई सचेत गराएको स्रोतले बतायो।
दश ट्रक गायब
शुक्रबार विहानदेखि बेलुका २ बजेसम्ममा प्रहरीले २० वटा पशुपति ट्रान्सपोर्टका गाडी नियन्त्रणमा लिएको थियो। जसमध्ये १३ वटा राजस्व बुझाउनु अघिसम्म प्रहरीकै नियन्त्रणमा थिए। तर राजस्वमा जम्मा १० वटा गाडी बुझाइएको हो।
प्रहरीले शुक्रबार बुझाएका ट्रकलाई राजस्व अनुसन्धान विभागले सिलबन्दी गरेर राखेको छ। विभागले गाडी धनीमार्फत् सम्बन्धित धनीलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ। सबै धनी सम्पर्कमा आएपछि कन्टेनर खोलेर हेर्ने विभागले जनाएको छ।
विभागका महानिर्देशक भुपाल बरालले सोमबारसम्म कन्टेनरका सामाग्रीका धनी आएका छैनन्। ‘कन्टेनरमा रहेको सामान धनी आएपछि हामी सिल खोल्छौं’, बरालले नेपालखबरसँग भने।
‘मेरो सामान हो भनेर दाबी गर्ने ब्यक्ति प्रमाणसहित आएपछि सबैको रोहबरमा कन्टेनर खोलिने छ’, उनले नेपालखबर भने, ‘गृहमन्त्रीसम्म सूचना पुगाकाले मन्त्रालयका प्रतिनिधिलाई समेत हामी बोलाउँछौं।’