काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन्। मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीको अध्यक्षमा डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन्।
सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गरायो। ‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ,’ भेटमा संलग्न एक अधिकारीले बताए, ‘प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ ।’ उनले छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै बीचमा कुनै व्यवधान आएन भने शुक्रबार नै विस्तृत परियोजना प्रतिवेदनमा निर्माण गर्न सम्झौता हुन सक्ने सम्भावना रहेको बताए।
टोलीले शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगको भेटमा पावरट्रेकमा अध्यक्ष अध्यक्ष अदनानले चार वर्षमै सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको अधिकारीहरुले बताए। ‘प्रधानमन्त्री ओलीले समय सबै तोकेर काम गर्ने र निर्धारित समयमा काम नभए ठेक्का टर्मिनेट हुन गरी काम गर्नुपर्ने बताउनुभएको छ,’ एक अधिकारीले भने।
प्रधानमन्त्रीसँग भएको छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका उपमहासचिव विष्णु पौडेल, पुनर्निर्माण प्रधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सहभागी थिए।
मलेसियाली टोलीले ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, लगानी बोर्डका अधिकारीसहित विभिन्न अधिकारी तथा नेताहरुसँग भेट गरी यस विषयमा छलफल गरेको छ। ‘पहिलेदेखि नै यस विषयमा छलफल हुँदै आएको हो। बिहीबार मलेसियाली अधिकारीहरु आउनुभएको थियो। रेलको प्राविधिक क्षमता र वित्त व्यवस्थापनबारे जानकारी गराउनुभयो’, महर्जनले नागरिकसँग भने।
चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
सो कम्पनीले प्रधानमन्त्रीलाई गराएको जानकारीअनुसार मोनोरेलका गति बढीमा असी किलोमिटर प्रतिघण्टा हुनेछ। आठ सय मिटरदेखि साढे एक किमिको अन्तरमा रहनेगरी १७ वटा स्टेसन राखिनेछ।
प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर निर्माण लागत २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म लाग्ने देखिएको छ। जमिनबाट १४ फिट उचाइमा गुड्ने मोनोरेलले दैनिक १ लाख ५० हजार यात्री बोक्नेछ। १२ देखि १५ वर्ष लगानी उठाउने लक्ष्य लिएको कम्पनीले ३० वर्ष पनि परियोजना सरकारलाई हस्तान्तरण गर्नेछ।
यो पनि पढ्नुहोस् :
काठमाडौं — विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् ।
तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् ।
त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे ।
यसैगरी एक टर्किस अर्बपतिले बियर बेचेरै सम्पत्ति आर्जन गरे तर तिनी आफूसँग तीन हजार कलम बोकेर हिँड्छन् । एक जना फ्रेन्च टाइकुनको भने आफ्नै संसार छ । तिनको आफ्नै एक हजारभन्दा बढी कमिक्स बुक छन् ।
सबैभन्दा अनौठो त के छ भने मुलुकमै सर्वाधिक धनाढ्यहरूको सूचीमा चौथो स्थानमा परेका एक अर्बपतिको २३ जनासम्म सन्तान रहेको फोब्र्सले जनाएको छ ।
यी त भए अन्य महादेशका ‘सनकी’ अर्बपतिका केही उदाहरण । एसियाली अर्बपतिहरूमा पनि ‘क्रेजी फ्याक्ट (सनकी कुराहरू) प्रशस्तै छन् । अनलाइन खबर ‘लन्डनलभ्सबिजनेस डटकम’ का अनुसार एसियाली १० अर्बपतिमा क्रमश: वाङ जिआनलिन, ज्याक मा, मुकेश अम्बानी, अलवालिड बिन तलाल, लि का–सिङ, ली साउ की, मा हुआटेङ, अजिम प्रेमजी, दिलीप साङघवी र लि जुन छन् । यी सबैलाई उक्त अनलाइनले ‘क्रेजी फ्याक्टस’ भएका अर्बपतिका रूपमा प्रस्तुत गरेको छ । यहाँ तिनैलाई विषयवस्तु बनाइएको छ ।
चीन मात्रै होइन एसियाकै सबैभन्दा धनी हुन्, वाङ जिआनलिन । उनको कुल सम्पत्ति २९ दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ । उनको कम्पनी दालिअन वान्दा ग्रुप चीनको सबैभन्दा ठूलो जग्गा विकासकर्ता (इस्टेट डेभलपर) कम्पनी हो । उनको आफ्नै १२५ वटा सपिङ मल र ६८ वटा पाँचतारे होटल छन् । यति मात्रै होइन उनको वान्दा सिनेमा लाइन, चीनको सबैभन्दा ठूलो मुभी थिएटर चेन हो ।
एउटा कुरो जो उनीबारे धेरैलाई थाहा नहुन सक्छ । त्यहो हो, अघिल्लो डिसेम्बरमा उनले केनसिङगटन प्यालेस गार्डेनमा १० अर्ब ६९ करोड रुपैयाँ (८० मिलियन पाउन्ड) मा १० वटा बेडरुम भएको एउटा घर खरिद गरेका छन् । एक्लो जीवन बिताउन त्यति महँगो र १० वटा सुत्नेकक्ष भएको भवन किन्नुलाई ‘सनकी’ स्वभावको संज्ञा दिइएको छ ।
चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘अलिबाबा’ कम्पनीका सीईओ तथा संस्थापक ज्याक माको कुल सम्पत्ति २६ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । सन २०१४ मा न्युयोर्कमा उनको कम्पनीले सेयर बजारमा लिएको अग्रता अमेरिकाकै इतिहासमा सबैभन्दा उच्च थियो । अलिबाबा विश्वकै सबैभन्दा ठूलो खुद्रा व्यापार गर्ने कम्पनी हो, जसले आफ्नो सम्पत्ति १६७ दशमलव ६२ अर्बभन्दा बढी जोडिसकेको छ ।
कम्पनीका २५ हजार कर्मचारीले विश्वका ३० करोड ग्राहकलाई आफ्नो सेवा दिँदै आएको छ । अन्य अर्बपतिहरूमा जस्तै माको पनि ‘सेक्रेट’ कुरा रहेको छ । त्यो हो, उनी इन्टरनेट व्यापारमा प्रवेश गर्नुअघि अंग्रेजी विषयका शिक्षक थिए ।
विश्वकै चर्चित हावार्ड विश्वविद्यालयले उनलाई अंग्रेजीमा कमजोर भएको भन्दै १० पटकसम्म भर्ना गर्न अस्वीकार गरेको थियो । तर, भर्नाका लागि पटकपटक उनले प्रयास गरे, हरेस खाएनन् । पछि व्यापारतिर लागेर सफल भए ।
मुकेश अम्बानी भारतकै सबैभन्दा धनाढ्य हुन् । रियलाइन्स इन्ड्रस्ट्रिज समूहका मालिकसमेत रहेका उनको कुल सम्पत्ति २४ दशमलव ८ अर्ब अमेरिकी डलर छ । समूहमार्फत उनको कारोबार ऊर्जा, पेट्रोकेमिकल्स, टेक्टाइल्स, प्राकृतिक स्रोतहरू र खुद्रालगायतमा लगानी छ ।
अम्बानीले १ अर्ब अमेरिकी डलर खर्चेर २७ तले मुम्बई हबेली ‘अनितल्ला’ बनाएर चर्चामा आए । त्यसमा तीनवटा हेलिप्याड र १६८ वटा कार अटाउने गरी छ तलाको पार्किङस्थल छ ।
वस्तुशास्त्रअनुसार अम्बानी परिवारका लागि उक्त हबेली/महल उपयुक्त नभएको बताएपछि कयौं महिनासम्म उनको परिवार त्यहाँ बस्न नगएको बताइएको छ । यसलाई उनको ‘क्रेजी फ्याक्ट’ कै रूपमा धेरैले परिभाषित गर्न रुचाउँछन् ।
साउदी अरेबियाका राजकुमार अलवालिड बिन तलाल बिन अब्दुल अजिज अल सउदसँग कुल सम्पत्ति २२ दशमलव ५ अर्ब अमेरिकी डलर छ । उनको सम्पत्तिको स्रोत शाही परिवार नै हो ।
राजकुमार अलवालिन आफैं एक बिजनेस म्यागनेट (ठूला व्यापारी) हुन् । तेल, प्रविधि, मिडिया र पोपर्टी क्षेत्रमा उनको लगानी छ । एप्पलमा समेत लगानी रहेको कम्पनी साउदी इन्भेस्टमेन्ट भेहिकल्स किङडम होल्डिङका उनी प्रमुख पनि हुन् ।
ट्वीटर र रुपर्ट म्युर्डोचका न्युज करपोरेसनमा समेत उनको कम्पनीको हिस्सेदारी छ । सन् २०१३ मा राजकुमार अलवालिडले दाबी गरेको आफ्नो कुल सम्पत्ति २० अर्ब अमेरिकी डलर भएकामा ९ दशमलव ६ अर्ब डलर कम गरी फोब्र्सले उनको सूची जारी गरेकामा असन्तुष्टि पोखेका थिए ।
यसै विषयमा उनले फोब्र्सविरुद्ध बेलायतको लन्डनमा मुद्दा नै दायर गरेका थिए । उक्त मुद्दाको फैसला सन् २०१४ को नोभेम्बरमा भएको थियो, मुद्दा फोक्र्स अखबारकै पक्षमा रह्यो ।
लि का–सिङको कुल सम्पत्ति १९ दशमलव ६ अर्ब अमेरिकी डलर रहेको छ । हङकङेली लिको सम्पत्तिको स्रोत पोपर्टीदेखि टेक र मिडिया हो । लिसँग ‘धेरै औला चलाउने’ कम्पनीमा समेत लगानी छ ।
खासगरी सोसल नेटवर्किङ वेबसाइट फेसबुकमा उनको लगानी छ । उनले लडन सिटी विमानस्थलमा समेत २ अर्ब पउन्डको लगानी गर्ने सम्झौता गरेको केही सञ्चार माध्यमहरूले जनाएका छन् ।
लिबारे धेरैलाई थाहा नभएको कुरोमा उनको अफिस पनि एक हुन सक्छ । उनको अफिस हङकङस्थित चेउङ कङ सेन्टरको ७० तल्ला स्काइक्रयापरको सबैभन्दा माथिल्लो तलामा छ । त्यहाँ एउटा निजी पुल र सबैभन्दा तीव्र गतिमा चल्ने इलिभेटर जडान गरिएको छ । उक्त इलिभेटरले ७० तलामा पुग्न मात्र ४५ सेकेन्ड लगाउँछ ।
लि साउ की हङकङमा प्रधान कार्यालय रहेको रियल इस्टेटका चर्चित व्यापारी हुन् । हेन्डरसन ल्यान्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका संस्थापक, अध्यक्ष र महाप्रबन्धकसमेत रहेका उनको कुल सम्पत्ति १८ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ ।
उनी हङकङ र चाइना ग्यास कम्पनी तथा मिरामार होटेर र इन्भेस्टमेन्टका अध्यक्षसमेत हुन् । उनले २० मिलियन हङकङगेली डलर आफ्नो च्यारेटिबल फाउन्डेसनमार्फत दान गरिसकेका छन् भने युवाहरूका लागि हङकङकै सबैभन्दा ठूलो छात्रावासमा सहयोग गरेका छन् ।
चिनियाँ उद्यमी मा हुआटेङ इन्टरनेट कम्पनीमा लगानी गरी अर्बपति बनेका हुन् । उनी चीनकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी टेन्सेन्टका संस्थापक, अध्यक्ष, कार्यकारी प्रमुख अधिकृतत र कार्यकारी बोर्डका सदस्यसमेत हुन् ।
उनको कुल सम्पत्ति १७ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । उनलाई धेरैले ‘पोनी मा’ भनेर पनि चिन्छन् । उनको पारिवारिक नामलाई अंग्रेजीबाट रूपान्तरण गर्दा त्यसको अर्थ ‘हर्स’ अर्थात घोडा हुन्छ ।