Latest Updates :

सानो लिङ्गले महिलालाई कसरी यौन सन्तुष्टि दिने जानिराखौ ! यो भिडियोले पो सिकाउदो रच यसरी 😅😆😊😉

SHARE THIS POST :
अन्र्तगत आज हामीले युवा तथा किशोर किशोरीका मनमा उब्जने केही प्रश्नहरु डक्टर खेम कार्कीलाई गरेका छौँ । तपाईँमा पनि यस्ता प्रश्नहरु हुन सक्छन् । त्यस कारण हाम्रा प्रश्नमा र डाक्टर खेम कार्कीको जवाफ अवश्य पढ्नुहोस् ।

सानो लिङ्गले यौन सन्तुष्टि हुन्छ कि हुन्न ?
ठूलो लिङ्ग भयो भने यौन सन्तुष्टि हुने सानो हुदा नहुने भन्ने कुरा गलत हो । धेरैले यर्थाथ कुरा थाहा पाउनु भन्दा पनि भ्रमको भरमा आफूलाई चिन्तामा राख्ने गरेको पनि पाईन्छ । यौन सम्पर्क गर्दा आनन्द आउनको लागि ४ सेन्टीमिटरको लिङ्ग नै प्रर्याप्त हुन्छ । यौन सम्पर्कको क्रममा आनन्द आउने महिलाको स्नायू प्रणाली ४ अथवा ५ सेन्टीमिटर अगाडिको भागमा रहेको हुन्छ । त्यहि स्नायू प्रणालीले हो यौन सम्पर्क गर्दा आनन्द आउने । त्यसैले सानो लिङ्ग हुँदा आनन्द नआउने भन्ने कुरा गलत हो । यौन सम्पर्क गर्ने जोडीबीच हुने माया, खुशी र सहमतीले हो यौन सन्तुष्टि प्राप्त गर्ने । एक जनालाई इच्छा छैन भने त्यो अवस्थामा गरिएको यौन सम्पर्कले सन्तुष्टिभन्दा पनि पीडा हुन्छ ।

महिलालाई भन्दा पुरुषलाई धेरै यौन चाहना हुन्छ भन्छन् नी ?
महिलालाई कम पुरुषलाई धेरै यौन चाहना हुने भन्ने कुरा गलत हो । हाम्रो समाजमा पुरुषलाई जस्तो महिलालाई स्वतन्त्रता छैन । त्यसकारण महिलाहरुले यौन चाहना भएपनि बाहिर देखाउँदैनन् । हुर्केको छोरी, चेलीले यौनका कुरा गर्न थाले भने समुदायमा उनीहरुलाई गलत धारणाले हेर्ने गर्छन् । पुरुषले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न सक्ने भएको कारण पुरुषमा धेरै यौन चाहना हुन्छ भन्ने बुझाई सबैमा छ । तर यौन चाहना महिला पुरुष दुवैमा बराबर हुन्छ । महिलाले बाहिरी रुपमा खुलेर व्यक्त गर्न नसकेको कारण कम हुन्छकी भन्ने बुझिएको मात्र हो । शारीरिक रुपमा हेर्ने हो भने महिला पुरुष दुबैमा यौन चाहना र सन्तुष्टी बराबर हुन्छ ।

किशोर अवस्थाको बेलामा लिङ्ग धेरै उत्तेजीत किन हुन्छ ?
किशोर अवस्थामा यौन तथा प्रजनन् अंगहरुको विकास हुदै गईरहेको हुन्छ । यो भनेको प्राकृतिक हिसाबले वंश विस्तार गर्नको लागि शरीर तयार भएको हो । यसै कारणले यौन सम्पर्क राख्न मन लाग्ने, लिङ्ग उत्तेजीत हुने हुन्छ । यो अवस्थामा प्रजनन्को लागि लिङ्ग तयारी भएको हो । यसलाई हामीले गलत तरिकाले बुझ्नु हुन्न ।

यो पनि पद्नुहोस

पूर्वको माथीभरा माताको मन्दिरमा भयो दरलाग्दो घटना, मन्दिर नजिकैको रुख काट्दा बग्यो रगतको खोलो, यस्तो अनिष्ठ हुने संकेत

म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।

झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् ।

गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।

झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् ।

पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् ।

स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए ।

वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger