विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ । यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ । शरीर बाट बाहिरनिस्कने पिशाब र पसिना पनि रगत बाट छानिएर नै निस्कने हो। शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्नेसाधन को रुपमा हुने भएकोले सबैकुरामा रगत महत्वपुर्ण भएको हो ।
कतिपय मानिसहरुमा के विश्वास छ भने विर्य बन्दा रगत चाहिने भएकोले विर्य नस्ट भयो भने एक प्रकारले रगतको नस्ट हुन्छ ।
आयुर्वेदिक डाक्टरहरुले कहिलेकाही यो यो धारणालाइ पक्षपोषण गर्दा कतिपय मानिसहरुमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर बैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो । विर्य बन्ने क्रम मा रगत आफैं सिधै विर्य बन्ने होइन । जसरि थुक मा हुने पानी र अन्य तत्व रगतबाट आउछ, त्यसै गरि विर्यको लागि चाहिने कच्चा पदार्थ हरु रगत बाट प्राप्त हुने हो । यसर्थ विर्य बन्ने क्रम मा रगत नस्ट हुदैन ।
विर्य नस्ट हुदा शारीरक तागत पनि नस्ट हुन्छ
कतिपय मानिसले के कुरामा विश्वास गर्छन भने विर्य एक अमुल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । खास गरेर भारतका बिहार, युपी, हरियाणा बाट सेक्स सम्बन्धि समस्या लिएर डाक्टरलाइ देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरु मा यस्तो विश्वास ब्याप्त पाइन्छ । एक थोपा विर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफुमा आउने शारीरिक मानसिक कमजोरीलाई स्वप्नदोस या हस्तमैथुन संग जोडेर हेर्छन ।
आधुनिक चिकित्सा बिज्ञानका अनुसार विर्य शरीर बाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । विर्य शरीरमा जम्मा गरेर पछी प्रयोग गर्ने उदेस्यको लागि बन्ने होइन । बिर्यमा हुने शुक्रकिट को आयु २-३ महिना हुन्छ र यदि शरीर बाट निस्केनन भने तिनीहरुको शरीर भित्रै नस्ट हुन्छ । विर्य को मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंग भित्र शुक्रकिटलाई शुरक्षित रुपमा पुर्याउने हो । यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैं लिङ्ग बाट बाहिर आउनसक्छ । यो अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउछ, न त स्वप्नदोस नै शरीरको लागि हानिकारक हो । यदि विर्य शरीर बाट ज्यादा निस्कदा तागत कम हुने भएको भए शायद कोहि पनि बिहे भएको मान्छे कामकाज गर्न सक्दैनथे होलान । किनभने सबै भन्दा धेरै विर्य सेक्स को समय मा शरीर बाहिर निस्कन्छ ।
हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक छ, हस्तमैथुन ले शरीरमा कमजोरी ल्याउछ
पत्रिकाहरुमा सेक्स डाक्टरका नाममा आउने बिज्ञापनहरु, उत्तर भारतमा रेलबाट यात्रा गर्दा आसपासका भित्ताहरुमा लेखिएका सेक्स समस्या र समाधानका बिज्ञापनहरु हेरेर कैलेकाहि मानिसहरुमा के भ्रम पर्छ भने बचपन र युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साच्चै नै गम्भीर असरहरु पर्छ । कतिपय सेक्स डाक्टरहरु त हस्तमैथुन एबम स्वप्नदोसको सफल उपचार गरिन्छ भनेर आफुलाई सेक्स बिशेसज्ञ भनेर प्रचार गरेको पनि देखिन्छ । माथि नै भनिसकिएको छ, शरीर बाट विर्य बाहिर जादा त्यसको कुनै दुर्प्रभाव हुदैन । यसर्थ हस्तमैथुन बाट डराउनुपर्ने कारण पनि छैन ।
हस्तमैथुन एउटा कुलत हो
हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । बिबाह हुनु अगाडीका यौन आकांक्षाहरु सरल रुपमा पुरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन ।
हस्तमैथुन ले नपुंशक बनाउन सक्छ, हस्तमैथुनले सेक्सको क्षमतामा कमि ल्याउछ