धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’ काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो। दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाले। खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झे। एकदिन पौडी खेलेर निस्कँदा खोलाले दुवैको लुगा बगाएको थियो। अण्डरवेयर समेत नहुँदा दुवैले आ-आफ्ना हातले लाज छोपेर घरसम्मै दौडँदै गएको कुरा सम्झनेबित्तिकै हाँसोको फोहोरा छुट्यो। कुमारले कृष्णलाई आफनो गाउँ घुम्ने निम्तो दियो। समय मिलाएर फेरि भेट्ने बाचा गर्दै उनीहरु छुट्टिए। पारिवारिक तनावले गलेका कुमारको अनुहारमा अनायासै खुसीका रंग पोतिएको देखेर उसका छोराहरू कुशल र कुवेर पनि खुसी भए। सौतेनी आमाको कचकचले पिरोलेका उनीहरुका अनुहारमा छाएको मुस्कानले केही हदसम्म शीतलता प्रदान गर्यो।
एक दिन आत्मीय मित्र कुमारको गाउँ जान भनेर कृष्ण निस्कियो। साथीको स्वागतमा कुमारले गच्छेअनुसार मीठोमसिनो जोहो गरेको थियो। सुरूमा उसले परिवारका सदस्यहरुसँग परिचय गरायो। श्रीमती जानु, छोराहरु कुशल र कुवेरसँग। भर्खर सत्र-अठार वर्षकी जस्ती देखिने जानु कुमारकी श्रीमती भन्दा कृष्ण छक्क पर्यो। तैपनि उमेरमा कुमार आफुभन्दा सात महिना जेठो भएकाले उसले भाउजु भन्दै जानुसँग साइनो गाँस्यो।