रसियामा जारी फुटबलको महाकुम्भले सबैको ध्यान तानेको छ। अझ समूह चरणमा दाबेदारी टिमको खराब प्रदर्शनले विश्वपकमा थप रोमाञ्चक थपेको छ।
फुटबललाई नजिकबाट नियाल्दै आएका भारतीय क्रिकेट कप्तान विराट कोहलीको सकेसम्म कुनै खेल छुटाएका छैनन्।
पोर्चुजलका फ्यानसमेत रहेका कोहलीले इन्ट्राग्राममा एउटा भिडियो सेयर गर्दै रोनाल्डोलाई सफलताको शुभकामना दिएका छन्।
पहिलो खेलमा स्पेनविरूद्ध फ्रिकिकमा गरेको गोल पोष्ट गर्दै कोहलीले लेखेका छन्- आफूमैमा विश्वास अनि बहादूरी G.O.A.T रोनाल्डो।’ खासमा यो G.O.A.T को अर्थ Greatest Of All Time. हुन्छ।