Latest Updates :

गगन थापाले संसदमै भने ‘केपी ओली महालम्पसारवादी’भन्दै यसरी मुख छाड़े

SHARE THIS POST :

काठमाडौं, ३१ वैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालको स्वाधिनता र सार्वभौमसत्ता बिरद्ध देखिएका केहि गतिबिधी प्रती सांसदहरुले आपत्ती जनाएका छन् ।

मोदीको भ्रमणका बिषयमा हिजो प्रधानमन्त्री ओलीले संसदलाई दिएको जानकारीमा छलफल गर्दै सत्तारुढदलका सांसदहरुले नै सरकारको परराष्ट निती र सुरुक्षामा कम्जोरी देखिएको भन्दै आपत्ती जनाएका छन् ।

भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा बिभिन्न कमी कम्जोरी भएको भन्दै आजको प्रतिनीसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षदलका सांसदले नै आपत्ति जनाएका हन् ।

प्रतिनिधि सभाको आजकोे बैठकमा प्रमुख सत्तारुढदल नेकपा माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा भुसालले मोदीको भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मीलाई अनावस्यक प्रवेश दिइएकोमा आपत्ती जनाएकी छन् ।

यस्तै पूर्व रक्षामन्त्री समेत रहेका कांग्रेस सांसद भीमसेनदास प्रधानले दलबल सहित भारतीय सुरक्षाकर्मीलाई नेपालमा निमन्त्रणा गर्दा नेपाली सुरक्षाकर्मीको मनोबल गिरेको टिप्पणी गरे । उनले मोदीको भ्रमणमा नाकाबन्दीको घाउबारे एक शब्द पनि नराखिनु दुभाग्पूर्ण भएको बताए ।
यसै बिच बैठकमा नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ’महालम्पसारबादी भन्दै कटाक्ष गरेका छन् ।
उनले हिजो नाकाबन्दीको विरुद्ध आफ्ना भातृ संगठनलाई भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पठाउने एमाले नेतृत्वको सरकारले अहिले नाकाबन्दी बिर्सेको छैन भन्नेहरूमाथि दमन गरेको उनको आरोप थियो  ।
यसै बिच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कीर्ति आजादको अभिव्यक्ति निन्दनीय र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति खेदजनक भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले भाजपा सांसदको अभिव्यक्ति नेपाल(भारत सम्बन्ध विगार्ने कुत्सित मनसायबाट लक्षित रहेको भन्दै यसबारे भारत सरकारको ध्यानाकर्षण गराउने बताए । मन्त्री ज्ञवालीले प्रदेश २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा दिएको अभिव्यक्ति खेद जनक रहेको बताए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger