Latest Updates :

को हुन् बलिउड अभिनेत्रि दिपिकाको अंगालोको बेरिएका नेपाली युवा प्रबल गुरुङ ?

SHARE THIS POST :
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ‘फेशन डिजाइनर’ प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ३८ वर्षको उमेरमा उनले ‘फेशन डिजाइनिङ’को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ।

उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्।

युवा प्रबल गुरुङ बलिउड अभिनेत्रि दीपिका पादुकोणको अंगालोमा देखा परेका छन् । अमेरिकामा रहेर फेसन डिजाइनरको काम गर्दै आएका प्रबल गुरुङ दीपिकाको अंगालोमा देखा परेका हुन् ।

उनले दीपिकासँगको सेल्फी समाजिक सञ्जालमा सेयर समेत गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् ।




उनै प्रबल गुरुङको डिजाइनमा दीपिका सहित बलिउड र हलीउडका आठ जना अभिनेत्री तथा मोडलहरु रेड कार्पेटमा उत्रिएका थिए । दीपिकासँगै हलीउड र बलीउडका प्रेरणादायी महिलाहरुसँग काम गर्न पाउँदा निकै खुसी लागेको उनले बताएका छन् ।

उनीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहीत भएको उनको भनाइ छ । ‘मैले तयार पारेको पहिरणमा उहाँहरु सुन्दरताका साथ प्रस्तुत हुनुभयो ।’ उनले भने, ‘म धेरै खुसी छु ।’ प्रबल अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका फेसन डिजाइनर हुन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger