Latest Updates :

काठमाडौंबाट डडेल्धुराका लागि खचाखच यात्रु बोकेर गएको बसमा गुडिरहेकै अवस्थामा आगो लाग्यो, दमकल समयमा नपुग्दा भयो ठूलो क्षती

SHARE THIS POST :
डडेल्धुरा। डडेल्धुरामा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा गुडिरहेकै अवस्थामा आगो लागेको हो । ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको भएपछि यात्रुहरू धन्न सकुशल बाहिर निस्किन सफल एका छन् । यात्रुहरुका समानहरु जलेका छन् भने दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीले आगो निभाउने प्रयास गरेपनि आगो निभाउन सकेन । उक्त घटनाका तस्विरहरु अहिले भाइरल बनिरहेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger