Latest Updates :

योनिको कति गहिराईमा लिंग प्रवेश गराउँदा महिलाले चरम आनन्द प्राप्त गर्छिन र त्यसको लागि लिंगको लम्बाई कति हुनु जररुरी छ जानीराखौ

SHARE THIS POST :
म ३१ वर्षको भएँ । मेरो उचाइ ५ फुट ४ इन्च तथा वजन ७८ किलोग्राम छ । मेरो लिंगको लम्बाइ ३ दशमलव ५ इन्च तथा गोलाइ ३ दशमलव ५ इन्च छ । मेरी श्रीमतीको उमेर ३२ वर्ष, उचाइ ५ फुट १ इन्च एवं वजन ६५ किलोग्राम छ । ४ महिना भयो  विवाह गरेको, एक वर्षसम्म शिशु नजन्माउने सोच राखेका छौं । अहिले अस्थायी साधन कन्डम प्रयोग गरिरहेको छु । हामी रातमा बढीमा २ पटकसम्म सम्भोग गर्छौं ।

सम्भोगपूर्व १० देखि २० मिनेटसम्म प्राक्क्रीडा गरी पर्याप्त मात्रामा योनि रस आएपछि मात्र  सम्भोग गर्ने गरेको छु । म दुईदेखि चार मिनेटभित्र स्खलित भैसक्छु, यसबाट मेरी श्रीमती कहिल्यै सन्तुष्टि नभएको बताउँछिन् । विकल्पमा उनी आफै यौनांग चलाएर ५ देखि १५ मिनेटसम्ममा सन्तुष्टि लिन्छिन् । यसबाट मुक्त हुन अहिलेसम्म डाक्टरबाट सल्लाह लिएको छैन । हामी प्रायः सातामा एकपटक दुवैजना सफ्ट ड्रिंक -बियर, तोङ्बा) लिन बाहिर जान्छौं । सफ्ट ड्रिंक पिएको बेला १० देखि २० मिनेटसम्ममा स्खलित हुन्छु । श्रीमतिलाई यौनसन्तुष्टि दिलाउन आसन परिवर्तन गर्दा उनी बढीमा ३ देखि ७ मिने टसम्म मात्र सक्रिय हुन्छिन् । अन्तमा गले सक्दिनँ भन्छिन् र म नै सक्रिय हुन्छु, तर पनि उनी पूर्ण सन्तुष्टि नभएको बताउँछिन् । म प्रायः आसनमा उनलाई माथि राख्न वा चार पाउ टेकाउन मन पराउँछु, तर चार पाउ टेकाउँदा मोटोपनले हो वा लिंग छोटो भएर हो, लिंग यौनांगबाट बाहिर भैहाल्छ । म यस्ता समस्याबाट मुक्त हुन चाहन्छु । के मोटोपनले गर्दा वा लिंग छोटो भएर उनलाई सन्तुष्ट दिन नसकेको हो ? सम्भोगको समय लम्ब्याउन तथा लिंगको मोटाइ र लम्बाइ बढाउन के गर्नुपर्ला ?

अनु.

उत्तर: लिंगको लम्बाइ र मोटोपन

लिंगको लम्बाइ तथा मोटाइ व्यक्ति अनुसार एकदमै फरक-फरक हुन सक्छ । बुझ्नुपर्ने कुरा के हो भने उत्तेजित नभएको बेलाको लिङ्गको नापले उत्तेजित लिङ्गको लम्बाइलाई प्रतिविम्बित गर्दैन । लिङ्गको नाप र आकार विशेष गरेर किशोरावस्थाको बेलामा आन्तरिक रागरस -हार्मोन) हरूका कारणले गराउने विकासमा भर पर्छ । लिङ्गको नाप वा आकारले शरीरको नाप वा आकारसँग सम्बन्ध राख्दैन । त्यसैले शरीरको आकार वा मांसपेशीको नापले पनि लिङ्गको आकारलाई प्रतिविम्बित  गर्दैन । कम उचाइ र पातलो हुँदैमा लिङ्ग सानो हुने वा बढी उचाइ तथा सुगठित मांसपेशीयुक्त शरीर हुँदैमा ठूलो हुने होइन । मोटोपनका कारण बाहिरबाट हेर्दा लिङ्ग वास्तविक लम्बाइभन्दा छोटो देखिन सक्छ ।

कामसूत्रका प्रतिपादक ऋषि वात्सायनले लिङ्गको नापअनुसार खरायो, वृष -साँढे) तथा अश्व -घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । उनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसँगको मिलन समान अर्थात् ‘समरत’ मानिन्छ । त्यसबाहेक अन्य यौनसम्पर्कलाई ‘विषमरत’ भनिन्छ । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्च हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको  लम्बाइ सामान्यतः ३ देखि ४ इन्च हुन्छ ।

लिङ्ग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ । त्यसमध्ये एक लिङ्गको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारितामा प्रश्नहरू छन् ।  शल्य चिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजा आएका छन् ।

महिलाको यौनसन्तुष्टि

महिलाको सबैभन्दा यौन संवेदशील अङ्ग भगांकुर योनिभन्दा बाहिरै हुन्छ भने योनिको पनि बाहिरी भाग मात्र यौन संवेदनशील हुन्छ । त्यसैले लिङ्ग केही सानो भयो भन्दैमा महिलाले यौनसुख प्राप्त गर्नै नसक्ने कुरा छैन । यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सिर्जना गर्न सकिन्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ । पर्याप्त पाक्क्रीडाकामा संलग्न भएपछि मात्र योनिमा लिङ्ग प्रवेश गराए श्रीमतीलाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ । अर्को कुरा, आलोपालो गरेर तपाईंको यौन चरमसुख र कुनै दिन श्रीमतीको चरम सुखका लागि समर्पित गर्नु बुद्धिमानी हुन्छ ।

मदिरा र यौन

सामान्यतः कोकाकोला वा पेप्सीजस्ता कुरालाई हल्का पेयपदार्थ  भनिन्छ न कि मदिरायुक्त पेयलाई, तर कतिपयले यस्ता पेयलाई हल्का र कुनैलाई कडा भन्छन् । वास्तवमा त्यसमा कति मात्रामा रक्सीको मात्रा छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामान्यतः ५ आउन्स एक ग्लास सेतो वा रातो वाइन, १२ आउन्सको एक बोतल वा क्यानको सामान्य बियर वा साढे एक आउन्स ह्वीस्की वा अन्य स्पिरिट -सीधा वा मिसाइएको) मा हुने रक्सीको मात्रा उति नै हुन्छ र यसलाई ‘एक स्टयान्डार्ड ड्रिंक’ मानिन्छ । जे भए पनि बियर तथा  तोङ्वा मदिरा हुन् । मद्यपान र यौनको विशेष सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको देखिन्छ । मद्यपानले आफूलाई केही खुकुलोपनको र सहजताको अनुभव गर्ने कुरा महिला तथा पुरुषहरू बताउँछन् । मद्यपान वास्तवमा यौनवर्द्धक वा यौन सक्षमता बढाउने पेयपदार्थ होइन । मानसिक पक्षलाई छोड्ने हो भने त्यसको प्रभाव नकारात्मक देखिन्छ । महिलामा यसले भगक्षेत्रमा रक्तसञ्चारमा कमी ल्याउँछ, योनिमा रस कम आउने वा सुख्खा हुने हुनसक्छ ।  त्यसैगरी पुरुषहरूमा लिङ्ग उत्तेजना भनेअनुसार नहुने अर्थात् कडापन पनि केही कम हुने, वीर्य स्खलनमा केही ढिलाइ हुनेजस्तो असर देखापर्न सक्छ । शेक्सपियरले म्याकवेथमा उल्लेख गरेको ‘मद्यपानले चाहनालाई त बढाउँछ तर सबै कार्यसम्पादन लान्छ’ भनाइले धेरै कुरा अर्थ्याउँछ ।

हल्का रूपमा मद्यपान सेवन गर्नुको केही सकारात्मक प्रभाव भए पनि अत्यधिक मद्यपान सेवनले अनि लत नै बस्ने गरी मद्यपान गर्नुले यौनसक्षमता अनि दीर्घकालिन रूपमा यौन जीवनलाई नै नकारात्मक असर पार्न सक्छ । यहाँ भनिरहनु पर्दैन कि मद्यपानको लत लागे जीवनका अन्य पक्षमा पनि नकारात्मक असर हुन्छन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger