काठमाडौं। आइपिलमा दिल्ली डेयरडेभिल्सबाट केबल दुई खेल मात्र खेलेका सन्दीपले यस सिजनमा सबैभन्दा कम रन दिने बलर बनेका छन् ।
११ खेलमा बेन्चमा बसेका सन्दीपले दुई खेलमा ८ ओभर बलिङ गर्दै इकोनोमी रेटको आधारमा शिर्ष स्थानमा रहेका छन् ।
सन्दीपले दुई खेलमा ८ ओभर बलिङ गर्दै ४६ रन दिएर दुई विकेट लिएका छन् । सन्दीपको प्रति विकेट रन २३ छ भने उनको इकोनोमी ५.७५ प्रति ओभर रहेको छ ।
यस सुचिमा दोस्रो स्थानमा राजस्थानका इश सोढ़ी रहेका चाहन उनको इकोनोमी रेट ५.९३ रहेको छ । त्यस्तै तेस्रो स्थानमा सनराइजर्स हैदरावादका सन्दीप शर्मा रहेका छन् उनको इकोनोमी ६.३१ रहेको छ ।
त्यस्तै चौथो स्थानमा रहेका राजस्थानका डी आर्ची शर्टको इकोनोमी ६.३३ रहेको छ । पाचौ स्थानमा मुम्बईका जप्रित बुमराह रहेका छन् उनको इकोनोमी ६.८६ रहेको छ ।