Latest Updates :

गोठाला र किसानबिच घमासाम झडप हुँदा मृत्यु हुनेको संख्या ८६ पुग्यो, कैयौँ घर जल्दा अवस्था भयाभह

SHARE THIS POST :

‘किसान’ र ‘गोठाला’बीच झडप ८६ को मृत्यु भएको छ । घटना हो नाइजेरियाको । बिबिसीका अनुसार नाइजेरियाको मध्य क्षेत्रमा हिंसा भड्किएको प्लाटेएउ राज्यको प्रहरीले जनाएको छ। किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किदा हाताहाती हुनेको संख्या बढेको हो ।



बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको र हिंसाले उग्र रुप लिँदा सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागेको समेत बिबिसीले उल्लेख गरेको छ । यो घटनामा कैयौँ मानिसहरु घाइते भएका छन् भने ५० घर जलेर नष्ट भएका छन् ।



साथै १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको छ घटनाको यकिन विबरण अझै आइसकेको छैन । साम्प्रदायिक हिंसाको समाधानका लागि स्थायी पहल हुन नसकेका बेला हालैको घटनाले भौतिक क्षति समेत ठूलो मात्रामा भएको प्रहरीले जनाएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger