Latest Updates :

बिश्वोकपमा अर्जेन्टिना र नाइजेरियाको खेल सुरु हुन् पुर्व नै ज्योतिषले गरे अचम्मको भविष्यवाणी

SHARE THIS POST :
बिश्वोकपमा अर्जेन्टिना र नाइजेरियाको खेल सुरु हुन् पुर्व नै ज्योतिषले गरे अचम्मको भविष्यवाणी
ज्यो.पं.पद्मभक्त खरेलोपाध्यायः दिव्यचक्षु । नाम अनुसार अर्जेन्टिना मेष राशि हो भने नाइजेरिया बृश्चिक राशि हो । २०७५ असार १२ गतेको ग्रहगोचर कुण्डली अनुसार रुसमा जारी विश्वकप फुटवलमा नाइजेरियालाई भन्दा अर्जेन्टिनालाई ग्रहहरुले साथ दिएको अवस्था छ ।

अर्जेन्टिनाको ३ केन्द्रमा ६ ग्रह बसेको छ । ती ६ वटै ग्रहले कर्मभावलाई पूर्ण देखिरहेको छ । त्यस्तै लग्नलाई पनि बृहस्पति, मंगल र केतुले पूर्ण दृष्टि दिइरहेको छ । सेनापति ग्रह मंगल कर्मभावमा उच्च भएर बसेको अवस्था छ । चन्द्रमा नीचो र अष्टमभावमा भएपनि राति ११ः४५ बजेको खेल हुँदा शुक्ल पक्षको चन्द्रमाले सबै अरिष्टहरु नाश गराउने छ । सूर्य पराक्रम भावमा बसेर अर्जेन्टिनाका शत्रुहरु नाश गराइरहेको छ ।

नाइजेरियाको केन्द्रमा चन्द्रमा बाहेक कुनै ग्रहको सहयोग छैन । नवग्रहहरुको राजा सूर्य झन्झट भावमा फसेकाले बल प्रदान गर्न सकिरहेको छैन । बृश्चिक राशिको नाइजेरियालाई साँढेसातको महादशा चलिरहेको अवस्था छ ।  अर्जेन्टिनाले आज रातिको फुटवलमा नाइजेरियालाई सजिलै पाखा लगाई प्रिक्वाटरफाइनल पुग्ने ग्रहगोचरले देखाएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger