एजेन्सी। संजय दत्तको बायोग्राफिमा बनेको फिल्म संजु फेरी पनि लिक भएको छ । राजकुमार हिरानीको फिल्म ‘संजू’ रिलिजको पूर्व नै केही क्लिपहरु लिकभएपनि अहिले फेरी पूरा फिल्म नै लिक भएको छ । राम्रो ब्यापार गरिररहेका बेला संजु फेसबुकमा लिक भएका कारण निर्माण यूनिटलाई कडा झड्का लागेको छ ।

फिल्मको स्क्रिनिङमा बलिउड दिग्गजहरुले यो फिल्मको निकै प्रशंशा गरेर चर्चा कमाइरहेका बेला फिल्म क्रिटिक्सका अनुसार यो फिल्म २०१८ को सबैभन्दा ठूलो ओपनर हुने दाबी गरिएको थियो । यद्यपि रिलिजको केही घण्टा बाँकी रहँदा फिल्मलाई ठूलो झट्का लागेको थियो । फिल्मको एक विशेष महत्वको दृश्य काटिएको थियो । फिल्ममा रणवीर कपुर, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइराला लगायतको अभिनय रहेको छ । हेर्नुहोस् पूरा फिल्म