Latest Updates :

ससुराले ज्वाइँलाई अर्कै महिलासँग भेटेपछि ठाउको ठाउ यस्तो हालत …

SHARE THIS POST :
आफ्ना ज्वाइँलाई एक महिलासँग अबैध सम्बन्ध भएको आशंकामा एक ससुराले ज्वाइँ र ती महिलालाई नाङगै पारेर सडकमै रामधुलाइ गरेका छन् । ती ससुराले आफ्ना केही मान्छेहरु पनि सँगै लिएर गएको र सबैले कुटपिट गरेको बताइएको छ । भारतको गुजरातमा भाजपाको तर्फबाट सांसदसमेत रहेका प्रविण कहार नामका ससुराले शंकाकै भरमा दुवैलाई कुटपिट गरेको दावी गरिएको छ ।

कुटपिटबाट दुवैलाई गम्भीर चोट लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । ससुरा प्रविण नेतासमेत रहेका कारण उनकै दवावले प्रहरीले मुद्दा दर्ता गर्न समेत आनाकानी गरेको र घटनाको ३ दिनपछि मात्र शनिबार मुद्दा दर्ता गरिएको बताइएको छ । घटना बिहीबार बिहान भएको प्रहरीले जनाएको छ । प्रविणले यसअघिदेखि नै ती दुईको जासुसी गराइरहेको पाइएको छ ।
प्रविणले बिहीबार ती दुईलाई संगै एक फ्ल्याटमा भेटेपछि आफ्ना साथीहरुसँग मिलेर डण्डा, पाइप र स्क्रुड्राइभर लगायतका हतियारले कुटपिट गरेका थिए । महिलाका संवेदनशील अंगमा समेत गम्भीर चोट लागेको छ । फ्ल्याटमा कुटपिट गरेपछि दुवैलाई नग्न पारेर कारमा हालेर केही पर पुलमा पु¥याइ पुनः कुटपिट गरेको बताइएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger