Latest Updates :

घुम्नका लागि श्रीमानले सय रुपैयाँ कम दिँदा श्रीमतीले उठाइन यस्तो कदम -भाउजूलाई कोठामा यस्तो अवस्थामा देखेपछि देवरको होशै उड्यो

SHARE THIS POST :
 घुम्नका लागि श्रीमानले सय रुपैयाँ कम दिँदा श्रीमतीले उठाइन यस्तो कदम -भाउजूलाई कोठामा यस्तो अवस्थामा देखेपछि देवरको होशै उड्यो

को हुन् उपप्रधानमन्त्रीलाई हराउने पद्माकुमारी अर्याल ?
२७ मंसिर, स्याङ्जा । नेपाली कांग्रेसभित्र शीर्ष बरियताका नेता एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एमालेकी युवा नेतृ पद्माकुमारी अर्याल चर्चामा छिन् ।


एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज अर्यालले गोपालमानबिरुद्ध चुनाव लड्न आँट गरेर खतरा मोलेकी थिइन् । गोपालमानले कांग्रेसका गढ रोजेर यसपटक सो क्षेत्रबाट चुनाव लडेका थिए ।

चापाकोट नगरपालिकाका ४ ओटा बुथ कब्जा पनि भए । पद्माकुमारी बुथ कब्जा रोक्न जाँदा आफैं कुटिइन्, मोबाइल फुटाइयो र उनलाई लखेटियो बुथबाट । उनले पुनः मतदानका लागि हार गुहार गरिन् । तर, गोपालमानको पावर अगाडि उनी निरीह बनिन् ।

लामो गलफत्तीपछि मतगणना शुरु हुँदा पद्माले शुरुदेखि नै अग्रता लिइन् । बुथ कब्जा भएको भनिएका चापाकोट नगरपालिकामा चार मतदान केन्द्रको मत गन्दा उनको अग्रता केही खुम्चियो । तर, गोपालमान अघि बढ्न सकेनन् । त्यसपछि स्याङ्जामा विजय उत्सव शुरु भयो, अन्ततः एमालेकी यी साहसी महिला नेतृले प्रभावशाली उपप्रधानमन्त्रीलाई पराजित गरिन् ।

पद्माकुमारी अर्यालको जितले यस अर्थमा पनि निकै चर्चा पाएको छ कि उनले कांग्रेस पार्टी र शेरवहादुर देउवा सरकारका शक्तिशाली पुरुष नेतालाई पराजित गरिन् । सत्ता र शक्तिसँग एउटी नारीको संघर्ष आफैंमा चुनौतिपूर्ण थियो, तर यो चुनौति उनले पार गरेकी छन् ।

पद्माले एमालेभित्र यसअघि नै पहिलो महिला जिल्ला अध्यक्ष भएर रेकर्ड बनाइसकेकी थिइन् । तत्कालिन ७५ जिल्लामध्ये एमालेबाट पहिलो पटक महिला अध्यक्ष त्यो पनि पार्टीभित्रको निर्वाचन जितेर बनेकी थिइन् उनी ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger