विशेष गरी प्रभाकर ऊर्जामन्त्री भएर लोडसेडिङ अन्त्य गरेपछि सत्ताधारी माओवादी खुशी छन् । केही समय पहिला प्रभाकरलाई धारे हान्ने नेता कार्यकर्ताहरु अहिले तारिफ गर्न बाध्य भएका छन् । प्रभाकर जतिकै काम सत्ताधारी कुनै माओवादी नेताहरुले गरेका छैनन् भन्नेको संख्या पनि बढ्दैछ । कार्यक्षमताकै कारण पार्टीभित्रका बास्साहरुलाई पर्छादै प्रभाकर गृहमन्त्री बन्न सफल भएका छन् । उनलाई गृहमन्त्री बन्न नदिन पनि ठूलै खेल भएको थियो । पार्टीभित्रबाट सफल नभएपछि माओवादी केन्द्रकै नेताहरुले काँग्रेस नेताहरुलाई समेत प्रयोग गरेका छन् । ऊर्जामा गरेको काम र स्थानीय तहको निर्वाचनमा रुकमलाई एकलौटी बनाएपछि कार्यकर्ता लेवलबाट अाएको दवाव कारण पार्टी अध्यक्ष प्रचण्ड पनि प्रभाकरलाई गृहमन्त्री तयार भएपछि उनीहरु काँग्रेसलाई समेत गुहार गरेका थिए ।