Latest Updates :

यी पाँच युवतीहरू, जसले अनुहार देखाउनै लाज हुने गर्नै नहुने काम गरे यो समाजमा….

SHARE THIS POST :
युवतीका दुई समूहबीच मंगलबार ललितपुरमा भएको ‘ग्याङफाइट’मा एक युवती गम्भीर घाइते भएकी छिन् । काभ्रे बनेपाकी १८ वर्षीया कोपिला गिरी घाइते भएकी हुन् । उनको टाउको र पेटमा चक्कु हानिएको छ । चक्कु हान्ने समूहका पाँच युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार योजना बनाएरै उनीहरूले ग्याङफाइट गरेका हुन् । आस्था राई र कोपिला गिरीको भेट करिब ६ महिनाअघि एक केटा साथीमार्फत भएको थियो । चिनजानपछि उनीहरू फेसबुकमा साथी बने । आस्थाले कोपिलालाई आफूहरूको फेसबुक ग्रुपमा पनि राखिन् । उनीहरूको ग्रुप च्याट पनि हुन्थ्यो । ग्रुप च्याटका क्रममा झगडा हुन थालेको थियो । एकले अर्कालार्ई अश्लील गाली गर्न थालेका थिए । त्यसपछि फोनमै पनि उनीहरूबीच झगडा हुन थाल्यो । ग्रुपका केही युवती आस्थाको पक्षमा थिए भने केही गिरीको पक्षमा । च्याटमा नभई भेटेरै झगडा गर्ने उनीहरूले योजना बनाए ।

यसअघि पनि उनीहरूबीच दुईपटक ग्याङफाइट तय भएको थियो । गिरीको समुहले सुरुमा काभ्रेको पनौती र पछि भक्तपुरमा बोलाएको थियो । राई समूहका युवतीहरु त्यहा जान मानेनन् । मंगलबार साँझ हात्तीवनको डाडामा फाइट गर्ने तय भएको थियो । सोही अनुसार गिरी समुहका तीन युवती हात्तीवन गएर बसेका थिए । तर, राईको समुहले उक्त ठाउ नदेखेको भन्दै आफुलाई लिन सातदोबाटो आउन भन्यो । गिरी आफ्नी एक साथीसहित स्कुटरमा सातदोबाटो आइन् । भेट्नेवित्तिकै राईको समूहले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । गिरीकी साथी भाग्न सफल भइन । गिरीलाई नियन्त्रणमा लिएर ८ युवतीको समूहले छुरा प्रहार गरेको थियो ।

छुरा प्रहारमा संलग्न १७ वर्षिय सलिना राई सुनुवार, २७ वर्षकी मन्जु राई, २३ वर्षकी कामदा राई र १६ वर्षकी रिता थापामगर पक्राउ परेका छन् । फाइटपछि बस चढेर भाग्न खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी रामेश्वर यादबले बताए । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले बुधबार कारबाही अघि बढाएको छ । टाउको समेत चोट लागेर गम्भीर घाइते भएकी गिरीको सेमरु अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्न राई लगायत केही युवतीहरु फरार भएका छन् । ‘उनीहरुको लाइफइटाइल नै अर्काे छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्की भन्छन्,‘धेरै पढेका पनि छैनन्, उनीहरु होटलमा वेटरका रुपमा काम गर्ने युवतीहरु हुन् ।’ घाइते भएकी गिरी नर्सिङकी बिद्यार्थी हुन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger