१. सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।
२. जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।
३. महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।
४. सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।
५. वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।
६. पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।
यो पनि पढ्नुहोस ::
पर्समा पैसा टिक्दैन, अपनाउनुहोस यस्तो उपाय
काठमाडौँ । आजको समयमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमा लाग्छ । यहाँ सम्म कि यसको महत्व हाम्रो जिवनमा कति सम्म रहन्छ कतिपयलाई ख्याल नै हुदैन । तर यति मेहनत गरेर कमाएको पैसा हाम्रो पर्समा टिक्दैन, यसैले कुनै समयमा ठुलो समस्या उत्पन्न गर्न सक्छ ।
यो यस्तो प्रकारको चिज हो जुन तपाई जहाँ जादा पनि भुल्न सक्नुहुन्न । किनकी यसमा हाम्रो अत्यन्तै महत्वपूर्ण चिजहरु राखिएको हुन्छ । जस्तै एटीएम कार्ड, लाईसेन्स, आइडेन्टी कार्ड, परिचय पत्र तथा यस्तै बिभिन्न प्रकारका दैनिक जिवनमा प्रयोगमा आउने महत्पूर्ण कुराहरु । यस्ता प्रकारका चिजहरुले मानव जिवनमा महत्वपूर्ण स्थान कायम गरेका हुन्छन् । यो संगसंगै सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पैसा, शायदै अब त बुझिसक्नु भयो होला हामी पर्स र पैसाको बिचको अन्तरसंम्वाद लाई जोड्दै छौ ।
यी सबै चिजहरु हुदा हुदै पनि पर्समा पैसा रहन सकेन भने सायदै तपाईलाई खिन्नता उत्पन्न हहुन सक्छ ।
प्राय मानिसहरु पर्सको प्रयोग गर्दैनन् । किनकी पर्समा पैसा राख्दा सह रंहदैन, अथवा पैसाको बचत हुन सक्दैन, खर्च हुन्छ भन्ने मान्यता राख्दछन् । जसकारण पर्स प्रयोग गर्न उनिहरुलाई त्यती उचित लाग्दैन । वास्तु शास्त्र ले पनि यसलाई दरिद्रताको एक कारण मान्दछ ।