Latest Updates :

ग्राहक बनेर पत्रकार पुग्दा मेडिकलमा देखियो यस्तो हर्कत, केहीबेरमै प्रहरीले गर्यो सटर डाउन (भिडियो)

SHARE THIS POST :
काठमाडौं । राजधानीका ठूला अस्पतालको आडैमा रहेको फार्मेसीमा लापरवाहीको एउटा चरम नमूना फेला परेको छ । बाँसबारीमा गंगालाल ह्दयरोग केन्द्र, न्यूरो अस्पताल र वेलनेस अस्पतालको नजिकै रहेको वियंका फार्मेसीमा खुल्लामखुल्ला म्याद गुज्रिएका औषधी बिक्री वितरण हुने गरेको पाइएको छ । एक पटक हैन बारम्बार म्याद गुज्रिएको औषधी फार्मेसीले दिएको भेटियो । आज प्रहरीले सो फार्मेसी सिल गरेर संचालकलाई हिरासतमा राखेको छ ।

तत्कालै प्रहरीमा खबर गरेपछि प्रहरी टोली फार्मेसीमा आयो । प्रहरीमा खबर गरिरहदा फर्मेसी संचालकले म्याद गुज्रेका औषधी लुकाउने प्रयास गरेका थिए ।

म्याद गुज्रिएको औषधी खाएर बिरामी परेकी एक ग्राहकसँग डिसी नेपाल टिम फार्मेसीमा पुगेर औषधी माग्दा पुनः म्याद गुज्रिएकै औषधी हात पर्यो । त्यो क्षण गोप्य रूपमा भिडियोमा उतारिएको थियो । तत्कालै प्रहरीमा खबर गरेपछि प्रहरी टोली फार्मेसीमा आयो । प्रहरीमा खबर गरिरहदा फर्मेसी संचालकले म्याद गुज्रेका औषधी लुकाउने प्रयास गरेका थिए ।



पीडितले आफूलाई फार्मेसीले म्याद गुज्रिएका औषधी पटक पटक दिएको भन्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएपछि फार्मेसी संचालकलाई प्रहरीले हिरासतमा राखेको छ । यसप्रकारको छानबिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भए पनि आज सार्वजनिक विदा रहेकोले भोलि औषधी व्यवस्था विभागलाई नबुझाउँदासम्मका लागि फार्मेसी संचालकलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । भोलि कार्यालय समय भएपछि जफत गरिएका औषधी र प्राप्त अन्य प्रमाणसहित कारबाहीका लागि औषधी व्यवस्था विभागलाई बुझाइने प्रहरीले जानकारी दिएको छ ।

बुढानिलकण्ठ बस्दै आएकी अर्चना तिवारीलाई फार्मेसीले म्याद गुज्रिएको औषधी दिएको फेला परेको थियो । एक साताअघि हड्डीसम्बन्धी समस्या भएर बाँसबारी सल्लाघारीको वेलनेस अस्पतालमा जाँच गराएकी तिवारीले डाक्टरको प्रेस्क्रिप्सन लिएर अस्पताल नजिकै रहेको वियंका फार्मेसीमा पुगेकी थिइन् । त्यहाँबाट औषधी लिएर नियमित सेवन गरिरहेकी तिवारीलाई बान्ता हुने, ज्वरो आउने समस्या भएपछि उनले औषधी राम्रोसँग जाँच गर्दा म्याद गुज्रिसकेको पाइएको थियो ।

लगत्तै फार्मेसीमा जाँच गर्दा अन्य औषधी पनि म्याद गुज्रिएका भेटिएका छन् । प्रहरीले ती सबै म्याद गुज्रिएका औषधी जम्मा गरी फार्मेसी सिल गरेको छ ।

आज (मंगलबार) बिहान समेत सोही फार्मेसीमा उही ‘न्यूरोबियन फोर्ट’ नाम गरेको औषधी लिन गएकी तिवारीलाई दोस्रो पटक पनि फार्मेसीले म्याद गुज्रिएकै औषधी दिएको थियो । आज बिहान डिसीनेपाल प्रतिनिधिको साथमा फार्मेसी पुगेकी तिवारीलाई दिइएको औषधी म्याद गुज्रिएको पाइएपछि डिसीनेपालले नै प्रहरीलाई खबर गरेको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger