Latest Updates :

मरिसकेका श्रीमानसँग भिडियो कल

SHARE THIS POST :
मरिसकेका श्रीमानसँग भिडियो कल
रामकुमार थापा/धादिङ ।
माघ ९ – गएको भदौ १२ गते । बिमला पाण्डे अरु दिन जस्तै कक्षामा हुनुहुन्थ्यो । पढाइरहेका बेला विदेशको नम्बरबाट फोन आयो ।

बिमलालाई फोनमा बोल्न मन लाग्दैनथ्यो । त्यसमा पनि विदेशको नम्बर देखेपछि को हो, के भन्नलाई फोन गरेको हो भन्ने सोचेर उहाँले सँगै पढाउने साथीको छेउमा गएर फोन उठाउनुभयो । त्यसलाई सबैले सुन्ने बनाउनुभयो ।

अनि उताबाट बोलेको नसुनी तपाईं को हो ? किन फोन गर्नुभएको ? म त जो पायो त्यहीसँग बोल्दिन भन्न थाल्नुभयो । बिमलाका कुरा सुनेर केही भन्न नपाएका फोन गर्ने व्यक्ति उहाँका कुरा सकिएपछि मात्रै बोले ‘म बिनोद पाण्डे, तिम्रो श्रीमान् ।’

बिमलाका लागि श्रीमानको आवाज बिरानो भइसकेको थियो । त्यसैले १५ वर्षपछि श्रीमानसँग बोल्न पाउँदा पनि उहाँलाई केही नयाँ भयो भन्ने नै लागेन । ‘माया मारिसकेको मान्छे अनि के हुनु केही भएन’ बिमलालाई त प्रश्न पो गर्न आयो ‘ए आज कहाँबाट सम्झिनुभयो ?’  श्रीमतीको प्रश्नमा चित्त दुखाइ मिसिएको थियो भन्ने बिनोदले बुझ्नुभयो कि भएन थाहा छैन ।

तर कुरा अर्कैतिर मोडियो । बिनोदले यस्तै भयो अरु कुरा सबै भेटेर भनौंला भन्नुभयो । बिमलाले पनि धेरै निधि खोजी गर्नुभएन । किन त ? प्रश्न गर्न नपाउँदै बिमलाको अस्वभाविक जस्तो लाग्ने उत्तर आयो ‘यसै त मरिसके भनेर बसेकी थिएँ अनि यत्तिका वर्ष नबोल्दा केही भएन अहिले किन खुशी हुनु अनि किन आत्तिनु ?’बिमला धेरै खुशी नहुनु अनि नआत्तिनुको कारण थियो १५ वर्षको बिछोड ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger