Latest Updates :

मेस्सीको खेल हेर्दा विबाद, मेस्सीले हारेपछि नेपालमा चक्कु हानाहान, चक्कु हान्ने काममा नेता नै संलग्न भएको रहस्य खुल्यो

SHARE THIS POST :

काठमाडौँ । विश्वकप हेरीरहेका बेला झडप हुँदा चक्कु हानाहानको अवस्था सिर्जना भएको छ । घटना हो मोरङको । गएरातीे अर्जेन्टिना भर्सेस क्रोएसियाको खेल हेरिरहँदा दुईपक्षबीच भएको विवादमा चक्कु हानाहानको अवस्था उत्पन्न भएको छ ।

उर्लाबारी– ५ स्थित एरोमा होटलमा बिहीबार राति अर्जेन्टिना भर्सेस क्रोएसियाको खेल हेरिरहँदा दुईपक्षबीच भएको विवादमा चक्कु प्रहार भएको प्रहरीले बताएको छ । खेल सकिएपछि राति ३ बजे भएको विवादमा उर्लाबारी–३ का वडा सदस्य सचिन शाक्यले सोही वडाका विशाल तामाङमाथि चक्कु प्रहार गरेको र अवस्था निकै गम्भिर बनेको स्थानीयले बताएका छन् ।

शाक्यको चक्कु प्रहारबट तामाङ घाइते भएको र अहिले उनको उपचार भइरहेको बताइएको छ । गएरातीको खेलमा मेस्सीको अर्जेन्टिना क्रोएसियासँग ३ ० गोल अन्तरले पराजित भएको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger