Latest Updates :

यो पढेपछी तपाईं सधैं खल्तीमा सुकमेल बोकेर हिंड्नुहुन्छ,जानकारी लिनुहोस्

SHARE THIS POST :

हाम्रो भान्सामा सजिलै पाइने वा नियमित जसो मसलाको रुपमा प्रयोग गरिने सुकमेल स्वास्थको लागी फाइदाजनक हुन्छ। यो सामान्यतया: विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिन्छ। तर यो बाहेक यसका अन्य थुप्रै फाइदाहरु पनि छन्। यसको नियमित रुपमा प्रयोग गर्नाले हाम्रो शरीरमा हुने फाइदाहरु थाहा पाउनुहोस्।

अधिक खाना पनि हानिकारक छ:

स्वास्थको लागी लाभदायी छ भनेर सुकमेल धेरै खानुहुन्छ भने यो पनि तपाईको लागि राम्रो हुने छैन। सुकमेल दुई प्रकारको हुन्छ। अर्थात ठूलो र सानो र दुई वटा नै मसालाको रूप मा प्रयोग गरिन्छ। तर ध्यान राख्नुहोस् सुकमेलको अत्यधिक उपभोग गर्नाले तपाईलाई नोक्सान पनि पुर्याउछ। त्यसैले हरेक दिन दुई देखी तीन ओटासम्म सुकमेल सेवन गर्नु तपाईको लागि लाभदायी हुनेछ।

मुटुको धड्कनमा सुधार:

आजकल मुटुको रोग सामान्य भएको छ। प्रायः मानिसहरूको मुटुको धडकन कम हुन्छ। तर के तपाईलाई थाहा छ मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकमेल निकै प्रभावकारी छ। सुकमेलमा पोटाशियम, क्याल्शियम र म्याग्नेशियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुज (Tissues) को मुख्य तत्व पोटेशियम हो। सुकमेलमा पोटाशियम पर्याप्त मात्रामा पाइन्छ।

फोक्सोको समस्यालाई हटाउछ:

सुकमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ। आयुर्वेदमा सुकमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger