Latest Updates :

अगष्ट ६ परमाणु हमलाले ध्वस्त भएको हिरोसिमालाई यस्तो बनाए जापानीहरुले ११ फोटोमा हेर्नुहोस्-बिकाश गर्ने सूत्र नेपाल ले जापान संग सिक्नुपर्छ

SHARE THIS POST :

 यो आक्रमणको पूरै ७२ वर्ष भयो । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ ।








हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो ।



एटम बमको बिकीरणका कारण घटनास्थलमै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर रहेका थिए । उनीहरुले निकै पछि सम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।

आज सो हमलाको ७२ बर्ष पूरा भएको छ । हिरोसीमामा बम खसालिएको स्थानमा प्रत्येक बर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन्– हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएको छ ।

बम खसालिएको सो स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् ।

त्यस घटनाका जिवीतहरु केही अहिले पनि रहेका छन् । उनीहरु पनि आजको उक्त बार्षिकी कार्यक्रममा उपस्थित भएका थिए । सो बार्षिकीमा आज कम्तीमा पनि ५० हजार जना जम्मा भएका थिए ।

आजका दिन हिरोसीमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन् । आज पनि उनीहरु यहाँ पुगेका बताइएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger